arrow

अनौपचारिक छलफलले औपचारिक बैठकको बाटो खुल्यो, सरकार र डा. केसी पक्षबीच साँझ वार्ता

logo
प्रकाशित २०७५ साउन ८ मंगलबार
dr-govinda-kc-tuth-15thfast.jpg

काठमाडौं । एक हप्तादेखि रोकिएको डा. गोविन्द केसी पक्षधर र सरकारबीच मंगलबार साँझ पुनः वार्ता हुँदैछ । वार्ता साँझ साढे ५ बजे शिक्षा मन्त्रालयमा हुन लागेको हो ।

नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसंग र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमासहितको  अनौपचारिक छलफलपछि दुवै पक्षबीच औपचारिक रुपमा वार्ता हुन लागेको हो । सो छलफलमा सरकारले संसदमा प्रस्तुत गर्न लागेको चिकित्सा शिक्षा विधेयक माथि छलफल भएको थियो ।

वार्तामा सरकारी तर्फबाट शिक्षा मन्त्रालयका सचिवसहितको पुरानै टिम रहेको छ भने डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रको संयोजकत्वमा सुरेन्द्र भण्डा.री, ओमप्रकाश अर्याल, अभिषेकराज सिंह र सुमित पाण्डे सहभागी हुनेछन् ।

सरकारले वार्ताको वातावरण बनाउने र डा. केसीलाई उपचार गर्ने भन्दै गत बिहिबार अपहरण शैलीमा डा. केसीलाई जुम्लाबाट काठमाडौं ल्याए पनि वार्ताको वातावरण बनेको थिएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ