arrow

अपाङ्गता भएका व्यक्तिका सवालमा प्रहरी प्रतिष्ठानलाई ध्यानाकर्षण

logo
प्रकाशित २०७५ साउन ९ बुधबार
nepal-police-Fn.png.png

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिका सवालमा परेका उजुरीलाई प्राथामिकता दिनुपर्नेलगायत माग राख्दै नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ध्यानाकर्षण गराएको छ । 

केन्द्रका महासचिव जगदीशप्रसाद अधिकारी नेतृत्वको टोलीले मंगलबार प्रहरी नायब महानिरीक्षक तथा उक्त प्रतिष्ठनाका कार्यकारी निर्देशक पुष्कर कार्कीलाई भेटगरी ध्यानाकर्षण पत्र बुझाएको हो । 

प्रहरी प्रशिक्षण प्रतिष्ठानले उपलब्ध गराउने तालीममा अपाङ्गता भएका व्यक्तिका सवालमा परेका उजुरीलाई प्राथामिकता दिनुपर्ने, तालीम निर्देशिका, पाठ्यक्रम तथा सामग्रीलाई उल्लेख गर्नुपर्नेलगायतका माग ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

उक्त भेटघाट कार्यक्रममा अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपाल (एड्राड) का अध्यक्ष डा वीरेन्द्रराज पोखरेलले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले प्रहरीलाई साङ्केतिक भाषाको तालीम दिनुपर्ने बताए ।

नेपाल अपागं महिला संघकी अध्यक्ष निर्मला धिताल, नेपाल नेत्रहीन संघका निर्देशक नरबहादुर लिम्बूललगायतले अपाङ्गतामैत्री भौतिक संरचना तथा वेभसाइट निर्माण गर्नेतर्फ पनि प्रतिष्ठानले ध्यान दिनुपर्नेमा जोड दिए ।

जवाफमा प्रहरी प्रतिष्ठनाका कार्यकारी निर्देशक पुष्कर कार्कीले कार्यालयलाई अपाङ्गतामैत्री बनाउने, तालीम निर्देशिका तथा पाठ्यक्रम अपाङ्गता अनुकूल बनाउने प्रतिबद्धता व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ