विराटनगर । सत्याग्रही प्राडा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै दबाब स्वरुप प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाइएको छ । चिकित्सा क्षेत्रको सुधारको माग राखी २६ दिनदेखि आमरण अनसनरत डा केसीको सर्मथन र उनले राखेका माग तत्काल सम्बोधन गर्न दवाव स्वरुप राईलाई ज्ञापन पत्र बुझाइएको हो ।
झापा, इलाम, मोरङ, सुनसरी, भोजपुरका प्रतिनिधि तथा सामाजिक अभियन्ता साथै डा केसी अलाइन्सका सदस्यहरुले ज्ञापन पत्र बुझाएका हुन् ।
प्रदेश १ को मुख्यमन्त्रीको कार्यालय विराटनगर पुगेर उपस्थित भइ ज्ञापन पत्र बुझाइएको युवा समाजसेवी तथा सामाजिक अभियन्ता सन्तोश घिमिरेले बताए ।