arrow

राहुल गान्धीलाई मेडिकल टेष्ट गर्न सुझाव 

logo
प्रकाशित २०७५ साउन ९ बुधबार
modi-rahul.png

नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता सुब्रमन्यम स्वामीले लोकसभामा अविश्वास प्रस्तावमाथि भईरहेको बहसको क्रममा काँग्रेस अध्यक्ष राहुल गान्धीमाथि गम्भीर आरोप लगाएका छन् । 

बहसको क्रममा कांग्रेस अध्यक्ष गांधीद्वारा प्रधानमन्त्री नरेन्द्र मोदीसँग अंकमाल गरेको विषयमा बोल्दै स्वामीले गांधीलाई आफ्नो मेडिकल टेस्ट गराउनको लागि समेत सुझाव दिएका छन् । 

समाचार एजेन्सी एएनआईका अनुसार गान्धीले प्रधानमन्त्रीसँग अप्रत्यासित तरिकाले अंकमाल गरेको विषयमा बोल्दै स्वामीले गान्धीको निन्दा गरेका हुन् । 

उनले शंकास्पद रुपमा गरिएको अंकमालले मोदी असुरक्षित रहेको भन्दै मेडिकल टेस्ट गराउन सुझाव दिएका हुन् । स्वामीले भनेका छन्, ‘राहुल गान्धीले प्रधानमन्त्रीसँग अचानक गला जोड्नु शंकास्पद छ । संसदभित्र प्रधानमन्त्रीको सुरक्षालाई लिएर यस घटनाले के सन्देश जान्छ ? यो काम पुरै अनैतिक तरिकाले गरिएको छ । यस्तो व्यवहारलाई बढावा होईन रोक्नु पर्छ । ताकि आगामी दिनहरुमा यस्ता घटना नदोहोरिउन् ।

गत शुक्रवार अविश्वास प्रस्तावमाथि बहस गर्ने क्रममा आफ्नो भाषण समाप्त भए लगत्तै राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको कुर्सी नजिक गएर गला लगाएका थिए । 

त्यसपछि जब गान्धी त्यहाँबाट फर्किए त्यसपछि मोदीले पनि उनलाई बोलाएर काँधमा थपथपाएर पठाएका थिए । यो अप्रत्यासित घटना देख्दा मोदी केही समय अवाक भएका थिए । तर, पछि आफ्नो भाषणको क्रममा मोदीले पनि गान्धीप्रति शब्दवाण प्रहार गर्न त छाडेनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ