arrow

रुससँगको मिसाइल सम्झौता गर्न भारतलाई अमेरिकाको अनुमति

logo
प्रकाशित २०७५ साउन ९ बुधबार
trump-modi1.jpg

काठमाडौं । भारतलाई अमेरिकाले रुससँगको मिसाइल सम्झौताको लागि छुट दिने तयारी गरेको छ । तीन खर्ब ९० अर्ब भारतीय रुपैयाँबराबरको सम्झौताको लागि अनुमति मिलेको हो । 

भारतमाथि अमेरिकाको प्रतिबन्धात्मक कानुन ‘काउन्टरिङ अमेरिकाज एडवर्सरिज थ्रु सैंक्संस एक्ट’बाट छुटकारा मिल्ने भएको हो । यसका लागि अमेरिकाले आफ्नो पूरै तयारी गरेको छ । 

यसअघि अमेरिकाको उक्त नियमको कारण रसियासँगको भारतको सम्झौतामा पनि आशंकाहरु देखिएको थियो । अमेरिकाले भारतलगायतका मुलुकहरुसँगको सम्बन्धमा सुधारको योजनामा मुलुक अघि बढिरहेको कारण यस किसिमको निर्णय गरिएको जानकारी दिएको छ । 

अमेरिकाले अहिले गरेको निर्णयमा भारतसहित इन्डोनेसिया र भियतनामलाई पनि छुट मिल्ने बताइएको छ । अमेरिकाले इरानबाट तेल खरिद गर्ने तथा रुसबाट हतियार खरिद गर्ने मुलुकहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यद्यपि यो निर्णयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारित गर्न बाँकी रहेको छ । 

यसअघि अमेरिकाको यस किसिमको प्रतिबन्धको निर्णय आएसँगै भारतीय रक्षामन्त्रीले भारतले राष्ट्रसंघबाहेक अन्य मुलुकहरुले लगाएको प्रतिबन्ध नमान्ने जवाफ दिएको थियो । यो जवाफसँगै अमेरिका र भारतको सम्बन्ध चिसिँदै गएको अवस्थामा अमेरिकाको यस किसिमको निर्णय आएको हो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ