arrow

डा केसीको मागबारे बालुवाटारमा सत्ताधारी र माथेमाबीच छलफल

logo
प्रकाशित २०७५ साउन ९ बुधबार
dr-govinda-kc-tuth-15thfast.jpg

काठमाडौं । सत्याग्रही प्राडा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ र केदारभक्त माथेमा (चिकित्सा शिक्षा कार्यदलका संयोजक) बीच छलफल भइरहेको छ । 

नेता नेम्वाङका अनुसार यो छलफलपछि सरकारी र डा केसीका वार्ता टोलीबीच छलफल हुनेछ । 

यसैबीच बुधबार बिहान ९ बजे हुने भनिएको वार्ता अहिलेसम्म हुन सकेको छैन । सरकारी वार्ता टोलीले अहिलेसम्म वार्ताका लागि सम्पर्कसमेत नगरेको डा केसी समर्थकले बताएका छन् । 

डा सुमन आचार्यले वार्ता बसिरहेको भन्ने हल्ला गलत भएको बताउँदै अहिलेसम्म सम्पर्कसमेत नगरेको दावी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ