arrow

नेविसंघ महामन्त्रीले नेतृत्व अल्पमतमा छ भनेपछि अध्यक्षले दिए चूनौति

logo
प्रकाशित २०७५ साउन ९ बुधबार
mahara-kundan.png

काठमाडौं। नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले आरोप–प्रत्यारोपमा उत्रेका छन् ।  बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष नैनसिंह महरले आफ्नो कार्यकाल सफल भएको दाबी गरेपछि महामन्त्री काफ्लेले अध्यक्षले संठगनलाई चलायमान बनाउन नसकेको आरोप लगाए ।

नेविसंघ सभापति महरले सुरुमै संगठनको विधानअनुसार काम गर्न कुन्द काफ्ले नेतृत्वको समुहलाई आग्रह गरे ।  उनले भने,‘नेविसंघको आफ्नै विधि र विधान छ, हामी सबैले विधि-विधानको कार्यान्वयन गर्नुपर्छ, मेरो पालामा भएका संगठनहरुलाई जिवित राखेर, खाली भएको स्थानमामात्रै मैले पत्र काटेर समिति निर्माण गर्न भनेको थिएँ, नेपाल विद्यार्थी संघको नेतृत्व बहुमतमा छ कि छैन् ? भनेर जानकारी गराउने माध्यम भनेको केन्द्रीय समितिको बैठक नै हो, केन्द्रीय समितिको बैठक नबसि मनलाग्दी तरिकाले कुरा गरेर हुँदैन, पार्टीको गुटबन्दीमा परेर नेविसंघ भत्केको हो ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ