arrow

डा. केसी र सरकारी पक्षबीचको वार्ता 'सम्बन्धन'मा अड्कियो 

logo
प्रकाशित २०७५ साउन ९ बुधबार
dr.kc_.jpg

काठमाडौं । सहमतिको अन्तिम विन्दुमा पुगेको भनिएको डा. गोविन्द केसी र सरकारी पक्षबीचको वार्ता एक घण्टाका लागि स्थगित भएको छ । दिउँसो साढे १ बजेबाट चलेको वार्ता सवा ४ बज्नैलाग्दा स्थगित भयो । केही कुरा अझै मिल्न बाँकी छ । वार्ता फेरि हुने भनिएको छ ।  

केही महत्वपूर्ण विषयमा कुरा मिल्न बाँकी रहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहोनीले बताएका छन् । डा. लोहनी माथेमा कार्यदलमा समेत सदस्य थिए । 

उपत्यकामा १० वर्षसम्म मेडिकल कलेजलाई सम्बन्धन नदिने डा. केसीको मुख्य माग संवोधन कसरी गर्ने भन्ने विषयमा लामो छलफल भएपनि सहमति जुटेको छैन । यही विषयमा कुरा अड्किएको बताईएको छ । 

यस्तै, एउटा विश्वविद्यालयले पाँच भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने भन्ने विषयमा समेत अन्तिम टुंगो लागेको छैन । 

वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने छन् । डा. केसीका तर्फबाट डा जीवन क्षेत्री, डा. अभिषेक सिंह, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, अधिवक्ता ओमप्रकाश अर्याल र सुमित पाण्डे छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ