arrow

अचम्मका डा. केसी र महत्वपूर्ण तीन कुरा

logo
प्रकाशित २०७५ साउन ९ बुधबार
dr-kc.jpeg

काठमाडौं । १५–१५ पटक अनसन बस्ने डा. गोविन्द केसी अचम्मका ! उनका पक्षधर वा विपक्षी सबै अचम्म । पक्षधर डा. केसीको मन, बचन र कर्म देखेर अचम्म पर्छन् भने, उनका विपक्षी यो कस्तो खालको डाक्टर हो ? विरामीको उपचार गर्न छोडेर अनसन मात्रै बस्छ ?–भनी अचम्म मान्दछन् ।

तर, अहिले उनीबारे अलिक बढीनै पूर्वाग्रही भएर सोच्नेहरुको संख्या बढेको छ । उनलाई सरकारी तलब खाएर अनसन बस्ने कस्तो डाक्टर ?–भन्छन् धेरै मान्छे । अनसनमा बसेर अनेक दाउ राखेको पनि भनियो । समर्थन गर्नेहरुले भने साथ छाेडेका छैनन् । उनीबारे वितिरहेको वर्तमान हो यो ? 

तर, सत्याग्रह अघिको उनको विगत र वर्तमानमा धेरै फरक केही छैन । फरक यत्ति हो । पहिले उनका जीवनका प्राथमिकता २ वटा मात्रै थिए । अहिले एउटा थपिएको छ । त्यो हो सामाजिक जीवन अर्थात् गुणस्तरीय उपचार र जनस्वाथ्यबारेको आवाज । त्यसैको लागि १५ पटक अनसन बसे, उनी । र, अहिले अचम्ममा परिरहेका छन् जनसाधारण,, केसीबारे दुई शब्द खर्चिए अनिष्ट भईहाल्छ कि भन्ने मानसिकता विकसित भएकोमा । 

केसीको जीवनका तीन प्राथमिकता
१. सेवाः – दैनिक जीवनका घटना मध्ये विहान, बेलुकाको खाना र सुत्ने समय बाहेक सबै समय विरामीको उपचारमै खर्चिन पाउँ । भोलि रिटायर्ड भए पनि मर्नु अघिसम्म सेवा गर्न पाउँ भन्ने मेरो सबै भन्दा ठूलो ईच्छा हो । 
२. विद्यार्थी अथवा शिक्षा – मेडिकल साईन्सका मेरा विद्यार्थीलाई कसरी सक्षम, जनप्रीय र जागरुक बनाउने अभ्यास मर्नु अघिसम्म जारी राखुँ । 
३. सामाजिक जीवनबारे चासो – (पछि थपिएको) पहिले तेस्रो प्राथमिकता थिएन । मुलुकमा विद्यमान संरचनाहरु ठीक ठाक चलेनन् । नागरिकले दुःख पाए । गरिब र निम्न वर्गले उपचार पाएनन् । भ्रष्टाचार मौलायो । नीति, थिति ठिक भएन । त्यसैले आम नागरिकको सामाजिक जीवनबारे बढी चिन्ता हुन थाल्यो । मानिस स्वस्थ भए मात्रै सम्वृद्ध र सुखी बन्न सक्छ । सबै भन्दा ठूला धन स्वास्थ्य नै हो । यसैलाई मूल मन्त्र बनाई १५ पटकसम्म अनसन बस्न तयार । प्राण त्याग्न तयार ।

डा. केसी र पैसा
जीवनमा पैसाको महत्व छ, डा. केसी भन्छन्, ‘जीवनलाई अघि बढाउन पैसाको आवश्यकता छ । तर, पैसाले सन्तुष्टि किन्न सकिँदैन । पैसाले न आफुलाई  सन्तुष्टि मिल्छ, न अरुलाई पार्न सकिन्छ ।’

व्यक्तिगत खर्च खासै नभएको बताउँछन्, उनी । त्रिवि शिक्षण अस्पतालको अध्यापन पेशाबाट आउने पारिश्रमिकको उनी एक तिहाई पनि खर्च हुँदैन भन्छन् । उनको व्यक्तिगत खर्च हुने खानामा मात्रै । लुगा २ वा ३ वर्षमा एक पटक किन्छन् । अनसन बस्दा उनले ओड्ने टाटेपाटे ब्ल्याङ्केटबारे त समाचारै बन्यो । यसअघि उनले लगाएको पुरानो घडिको पनि कथा बन्यो । 
अध्यापनबाट आउने तलब र खर्चको हिसाब भने राख्दैनन्, उनी ।

तर, आफ्नै खर्चले वर्षमा दुई पटक दुर्गम र आर्थिक अवस्था कमजोर भएका बस्ती जाने उनको पहिल्यैदेखिको अभियान हो । पूरै नेपाल घुमिसकेका छन् उनले उपचारकै सिलसिलामा । उनी त्यही बेला चाहिन्छ, भन्छन् पैसा । पैसा नहुँदो हो त म त्यसरी कहाँ जान पाउँथे र ? 

दुर्गम पस्नुका तीन कारण 
१. हाडजोर्नीका समस्या र समाधानबारे शिक्षा बाँड्न ।
२. विरामीको गाउँमै हुनसक्ने उपचारका लागि । 
३. त्रिवि शिक्षण अस्पतालमा आर्थिक अवस्था कमजोर भएकाहरुका लागि निःशुल्क उपचारको व्यवस्था छ । कोही जटिल खालको रोग भएकाहरुलाई निःशुल्क उपचारको व्यवस्था मिलाउने र काठमाडौं आउनेसम्मको प्रबन्ध मिलाउन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ