arrow

दुर्गा प्रसाईँले मागे माफि, मानवअधिकार भन्छ-कारबाही हुनुपर्छ

logo
प्रकाशित २०७५ साउन ९ बुधबार
prashin.JPG

भद्रपुर । बीएन्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफ्नो १४ महिनाअघिको अभिव्यक्तिलाई तोडमोड गरिएका कारण बङ्गलादेशमा अध्ययनरत नेपाली छात्रामा पर्न गएको चोटप्रति क्षमा याचना गरेका छन् ।
 
झापाको बिर्तामोडमा बुधबार पत्रकार सम्मेलन गरी प्रसाईँले भने, “नेपाली चेलीहरुप्रति अपमान गर्ने कुरा म सोच्न पनि सक्दिन, चौध महिनाअघिको भिडियोलाई तोडमोड गरी भ्रम फैलाउने नियतले मेरो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा भाइरल बनाइयो ।”

उनले आफ्नो पुरानो अभिव्यक्तिमा प्रयोग भएको कतिपय शब्दका कारण नेपाली छात्रा र अभिभावकमा पर्न गएको चोटप्रति पटक पटक क्षमा मागिएको बताए  ।  भने प्रसाईँलाई राष्ट्रिय मानवअधिकार आयोग, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद , महिला संघ तथा नेविसंघले माफि मागेर नपुग्ने भन्दै कारबाहीको माग गरेको छ।

प्रसाईँले हस्पिटलमा आयोजित पत्रकार सम्मेलनमा बंगलादेशमा चिकित्सा शिक्षा पढ्न गएका नेपाली छात्रा ९ वर्षसम्म बस्ने र त्यहाँ उनीको अस्मिता प्रोफेसरहरुले लुट्ने विवादस्पद अभिव्यक्ति दिएका थिए । सो सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले बिएण्डसी अस्पताल बिर्तामोडका निर्देश प्रसाईँलाई पक्राउ गर्ने सरकारलाई पत्र पठाएको बताइन् ।
 
यसअघि बीएन्डसी हस्पिटलमा नेपाल महिला संघ झापाले  कालो झण्डा गाडेर प्रसाईँले दिएको अभिव्यक्तिप्रति खेद जनाउदै महिलाले विरोध गरेका थिए । महिला संघले  झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापनपत्र बुझाउदै प्रसाईँलाई कारबाही गर्न सरकारसँग माग गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ