रामशरण महतले भने - ओलीजी भरतपुरमा कति वटा आँप झार्न खोजेको ?
प्रकाशित २०७५ साउन ९ बुधबार
605
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भरतपुरमा कतिवटा आँप झार्न खोजेको भन्ने प्रश्न गरेका छन् । बुधबार दिउँसो भरतपुरमा प्रहरी र व्यवसायीबीच झडप हुदा प्रहरीले गोली चलाएको बिषयलाई लिएर महतले यस्तो ट्विट गरेका हुन् ।
महतले ट्विटमा भनेका छन्, 'ओलीजी भरतपुरमा कति वटा आँप झार्न खोजेको आज गोली हानेर ? प्रचण्डले "हतियार" चलाऊन सिकाएजस्तो छ बुढेसकालमा।'
उनले आफु अर्थमन्त्री हुदाँ हतियार किन्न बजेट छुट्याएको भन्दै भने 'हतियार किन्ने बजेट मेरै पालामा राखेको थिए अहिले त्यो हतियारले तिमीले जनता मार्दै छौ । डा. केसीलाई तलमाथी भयो भाने तिम्रो खैरियत छैन बिचार गर्नु (आफु त बुढो भैयो हतियार चल्दैन)।'
भरतपुर महानगरपालिकाले मुख्य सडकमा तीनपाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाएपछि बुधबार दिउँसो भरतपुरको केन्द्रीय बस ट्रर्मिनल चोकमा प्रहरी र तीनपाङ्ग्रे सवारीका चालकको बीचमा झडप भएको थियो ।
झडपका क्रममा २ जना प्रहरी र १ जना अटोरिक्सा चालक घाइते भएका थिए । प्रहरीले गोली चलाउदा अटोरिक्सा चालक घाइते भएको प्रहरीले जनाएको छ। उनको खुट्टामा गोली लागेको छ ।
सो क्रममा प्रहरीले अश्रुग्यास, हवाईफायर गरेको थियो । प्रहरीले १० राउण्ड हवाईफाएर र अश्रुग्यास प्रहार गरेको थियो ।