arrow

रसुवाको टिमुरेमा पहिरोमा परी ३ जनाको मृत्यु, सात बेपत्ता, १२ घाइतेमध्ये ३ गम्भीर 

logo
प्रकाशित २०७५ साउन १० बिहिबार
Rasuwa_District.png

रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । मध्यरातमा आएको पहिरोमा परी अहिलेसम्म तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

मृत्यु हुने सिन्धुपाल्चोक भोटेकोशीका अन्दाजी ३५ वर्षका श्याम तामाङ हुन् । दुई जनाको पहिचान हुन सकेको छैन । सात जना अझै बेपत्ता छन् । उनीहरु त्यहाँबाट भागेका थिए वा पहिरोमा पुरिए भन्ने अझै यकिन भएको छैन । 

अहिले पनि वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भएको छ । १२ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । 

रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले दुई घर पुरिएको छ । 

पहिरोले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पुरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ