arrow

ट्रम्पको नीतिले जेनेरल मोटर्सको नाफा घट्यो

logo
प्रकाशित २०७५ साउन १० बिहिबार
GM-general-motors-USA.jpg

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आउने सामग्रीहरुमा कर बढाउने निर्णय गरेसँगै अमेरिकी कार निर्माता जेनेरल मोटर्स (जीएम)को नाफा कमजोर देखिएको छ। 

कम्पनीले आफ्नो त्रैमासिक नाफामा गिरावट आएको विवरण सार्वजनिक गरेको हो। बुधबार कम्पनीले आफ्नो पछिल्लो तीन महिनाको अवधि नाफाको हिसाबमा कमजोर रहेको विवरण सार्वजनिक गरेको हो। त्यसका साथै उसले सन् २०१८ को समग्र आम्दानीको नतिजा पनि कमजोर रहनसक्ने बताएको छ। 

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको स्टिल तथा अल्मुनियमका उत्पादनहरुमा कर बढाउने निर्णयले पनि कम्पनी थप समस्यामा परेको हो। 

अमेरिकी कार निर्माताले आफ्नो त्रैमासिक अम्दानी दुई अर्ब ९० करोड अमेरिकी डलरबराबरको रहेको बताएको छ। अर्थात् उसले प्रतिसेयर एक दशमलव ८१ डलरको आम्दानी गरेको विवरण सार्वजनिक गरिएको हो। 

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले प्रतिसेयर एक दशलमव ८९ डलरको आम्दानी गरेको थियो। जसअनुसार कम्पनीको समग्र आम्दानी दुई अर्ब ४३ करोड अमेरिकी डलरमा रहेको पाइएको थियो। विश्लेषकहरुले औसतरुपमा कम्पनीको आम्दानी एक दशमलव ७८ डलर प्रतिसेयरको रहने बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ