काठमाडौं । अहिले अनसनको विषय चर्चामा रहेको छ । शिक्षण अस्पतालका डा. गोविन्द केसीको अनसन अहिलेसम्मकै सबैभन्दा लामो बन्न पुगेको छ । यसले पनि मानिसहरुमा अनसनको चासो बढेको हो । नेपालमा विभिन्न समयमा विभिन्न मानिसहरुले अनसन बस्दै आएका छन् ।
नेपालमा विभिन्न मागहरुलाई लिएर अनसन बसिरहँदा विश्वको इतिहासका अहिलेसम्मका सबैभन्दा लामो अनसनहरु यस्ता छन् –
१. आइरोम चानु समिल्ला, १६ वर्ष
भारतमा ‘आइरन लेडी अफ मणिपुर’ नामले चिनिने आइरोम चानु समिल्ला विश्वमा सबैभन्दा लामो समयसम्म अनसन बस्ने महिला हुन् । यी महिलाले १६ वर्षसम्म विना खाना र पानी अनसन बसेकी हुन् । उनलाई बचाउनका लागि सरकारले उनले नाकबाट खाना पठाउने व्यवस्था मिलाएको थियो । उनले सन् २००० नोभेम्बरमा मणिपुरमा १० जना विना हतियारका नागरिकहरुलाई भारतीय प्रहरीले मारेको भन्दै न्यायको खोजीमा अनसन बसेकी थिइन् । उनलाई अनसन बसेको तीन दिनमा पक्राउ गरिएको थियो तर उनले आफ्नो अडान नछाडेपछि उनलाई बाँच्नसक्ने गरी नाकबाट सलाइन दिने व्यवस्था गरिएको थियो ।
उनले सन् २०१६ जुलाई २६ सम्म पानी पनि पिएकी थिइनन् । पाँच सय सातासम्म अनसन बसेकी उनलाई एसियन मानव अधिकार कमिसनले लाइफटाइम अवार्ड पनि प्रदान गरेको थियो ।
२. भगत सिंह, ११६ दिन
भारतीय नागरिक भगत सिंहको जन्म सन् १९३१ मा भएको थियो । उनको जन्म बेलायतको उपनिवेशमा रहेको भारतीय जिल्लामा भएको थियो । स्वतन्त्र भारतको अभियानको क्रममा रहेको अवस्थामा उनलाई हत्याको आरोप लागेको थियो । हत्याको आरोपमा जेल परेका उनले जेलमा नै मानवीय सेवा तथा व्यवहारको माग गर्दै अनसन बसेका थिए । उनको अनसन तोडाउनका लागि बेलायती सरकारले उनको अगाडि टन्नै खानेकुराहरु राखिदिने गरेका थिए तर उनले उक्त खानाहरुमा हात पनि लगाएनन् । उनले अनसन ११६ दिनसम्म जारी रहेको थियो ।
३. बोबी स्यान्ड्स, ६६ दिन
सन् १९५४ मा आयरल्याण्डमा जन्मेका बोबी स्यान्ड्स आयरल्याण्डको इतिहासको लागि सबैभन्दा नराम्रो नाम हो । उनी आपराधिक क्रियाकलापहरुमा संलग्न थिए । एकपटक जेलबाट मुक्त भएपछि उनले उनले अर्को आक्रमणको योजना बनाए । सो योजनाअनुसार गरिएको आक्रमणमा परी दुईजना मानिसहरु घाइते भएका थिए । यो घटना भएपछि उनी घटनास्थल छाडी भागेका थिए । पछि उनलाई पक्राउ गरिएको थियो र १४ वर्षको जेल सजाय सुनाइएको थियो । जेलमा पनि विभिन्न किसिमको हर्कत देखाउने गरेका थिए । यसै क्रममा उनले जेलमा अनसन सुरु गरेका थिए । उनको माग जेलको पोशाक नलगाउने, काम नगर्ने र बाहिरि घुम्न जान पाउनुपर्नेलगायतका थिए । यस विषयमा आय।ल्याण्डको संसदमा भोटिङ पनि भएको थियो तर माग पूरा गर्न नसकिने निष्कर्ष निस्केको थियो । ६६ दिनसम्म पनि उनले खाना खान मानेनन् र उनले अनसनकै क्रममा ज्यान गएको थियो ।
४. सोलेन्ज फर्नेक्स, ४० दिन
सन् १९३४ मा फ्रान्समा जन्मिएकी सोलेन्ज फर्नेक्स फ्रान्सको राजनीतिकमा महत्वपूर्ण पार्ने नेतृ हुन् । उनको चासो न्युक्लियर ऊर्जाको प्रभावको विषयमा रहेको थियो । न्युक्लियर ऊर्जाको प्रभाव न्यूनीकरणका लागि आवश्यक कदम चाल्नुपर्ने माग गर्दै उनले अनसन बसेकी थिइन् । उनको यो अनसन ४० दिनसम्म जारी रहेको थियो । न्युक्लियर रियाक्टरहरुले वातावरणमा नकारात्मक किसिमको असर पार्नसक्ने भन्दै गरेको यो अनसनको कुनै मुद्दा बन्न सकेन र उनलाई अनसन फिर्ता लिनको लागि बाध्य गराइयो ।
५. केसर चाभेज, ३६ दिन
चाभेज सन् १९२७ मा मेक्सिकोको एक गरिब परिवारमा जन्मिएका थिए । उनी सानैदेखि आफूलाई कसैले पनि वशमा राख्न सक्दैनन् भन्नेमा विश्वस्त थिए । उनी क्यालिफोर्निया र एरिजोनामा रहेका केही फार्महरुमा काम गर्ने गर्थे । यद्यपि उनले अमेरिकामा उनी र आफूसँगैका अन्य आप्रवासी कामदारहरुलाई उचित व्यवहार नभएको भन्दै आवाज उठाए । उनले त्यसका लागि एक मजदुर संगठन बनाए र उनका धेरै समर्थकहरु पनि भए तर यसले पनि काम बनेन । त्यसपछि उनले नयाँ स्तरको आन्दोलनको कार्यक्रम अघि सारे, जसअनुसार उनले अनसन सुरु गरे । उनको अनसन ३६ दिनसम्म चलेको थियो । (एजेन्सी)