arrow

भारतीय युवाद्वारा नेपाली बालकको हत्या प्रयास

logo
प्रकाशित २०७५ साउन १० बिहिबार
hatya1.jpg

गौरीगँज ।  झापाको गौरीगँजमा एक भारतीय युवा द्वारा एक नेपाली बालकको अपहरण शैलीमा हत्याको प्रयास भएको छ । भारत डिघलबैँकका २५ बर्षिय ओम प्रकास सिँहले गौरीगँजका स्थानिय सोमी ताजपुरियाका १३ बर्षिय छोरा सुजन ताजपुरियाको अपहरण शैलीमा हत्याको प्रयास गरिएको हो ।

स्थानीय सोमी ताजपुरियाकै घरमा कोहि नभएको मौका पारि निज बालकलाई बन्धक बनाई हत्याको प्रयास गरिएको हो । घटनाको खबर पाए लगतै ईलाका प्रहरि कार्यालय गौरीगँज र सशस्त्र प्रहरिको टोलीले बन्दकोठामा बालकको घाटिमा निज ओम प्रकास सिँहले सब्जी काट्ने चक्कु बालकको घाटीमा भिरि राखेको अबस्थामा प्रहरि र स्थानियले फेला पारेका थिए ।

बालकको उद्दार गर्ने क्रममा निज सिहले बालकको घाँटीमा भिरेको चक्कु लागि बालक ताजपुरियाको औला र घाँटी देब्रे पट्टी काटिएको छ । उद्दारकै क्रममा शसस्त्र प्रहरि गौरीगँजका ईन्चार्ज शशीराम भारती र जन पथ प्रहरिका हवल्दार महेन्द्र प्र यादव लगायत अन्य एक जना सामान्य घाईते भएका छन् ।

निज भारतीय सिँहलाई घटना स्थल बाटै गिरफ्तीर गरि थुनामा राखिएको छ भने बालकलाई स्थानिय मेडिकल मा प्राथमिक उपचार पछी थप उपचारका लागि दमक पठाईएको  र अबस्था खतरा मुक्त रहेको कुरा ईप्रका गौरीगँजले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ