arrow

सहकारीबाटै ११ लाख १७ हजार रकम चोरी

logo
सीता डोटेल,
प्रकाशित २०७५ साउन १० बिहिबार
sahakari.jpg

पाल्पा ।  सुरक्षा बचत तथा ऋण सहकारी रामपुर ५ मा रहेको कार्यालयबाट  ११ लाख भन्दा बढी रकम चोरी भएको छ । मंगलवार रातको समयमा सहकारी संस्थाबाट ११ लाख १७ हजार ३ सय ९५ रुपैया सहकारीले जनाएको छ ।

रातको समयमा ढोका फोरेर चोरी गरेको छ।  इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेले भने, 'साउन ४ पछि बैंकमा रकम जम्मा गरेको देखिदैन त्यसैले पनि रकम सहकारीमा नै थियो कि भन्ने बताएको छ कति रकम चोरी भो भन्ने हिसाबमा अनुसन्धान भइरहेको छ ।'  

सहकारीका व्यवस्थापक चन्द्र मल्लले मंगलबारको कारोबार सम्पन्न गरी घरधनी नभएकाले कार्यालय कोठासंगै घरको मुल गेटमा ताला लगाई गएको तर बुधबार विहान ९ बजे कार्यालयमा पुग्दा गेट, कार्यालय र घरको सबै ताला खुलेको अवस्थामा भेटिएको बताए ।

साथै पैसा राखिएको घर्रा समेत तोडिएको अवस्थामा भेटिएको बताए । मल्लले अरुबेला रकम बैंकमा नै जम्मा गर्ने भएपनि बुधबार सबेरै लगानी गर्नका लागि मंगलबार सहकारीमै रकम राखिएको बताए । सहकारी सन्चलक समितिले १ लाख बढी रकम सहकारीमा नराखि बैंकमा राख्नु पर्ने निर्णय गरेपनी नियम बिपरित रकम राखेको पाइएको छ ।  

त्यस्तै चोरले कार्यालयको माथिल्लो तलामा बस्दै आएका घरधनी बुद्धि प्रकाश रेग्मीको कोठाको ताला पनि फुटाएको छ । मंगलबार राती भएको घटनाको बारेमा अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेयले बताए । उनले सुक्ष्म रुपले अध्ययन गरी घटनाको सत्यतथ्य बाहिर ल्याउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ