arrow

‘पाल्पाली उद्योगी व्यवसायीहरुको न्यायका लागि उम्मेदवारी’

logo
प्रकाशित २०७५ साउन १० बिहिबार
palpa-udhyogi.jpg

पाल्पा । यहि साउन १२ गते हुने पाल्पा उद्योग वाणिज्य संघको उपनिर्वाचनको तयारी तिव्र पारिएको छ ।   आउँदो उपनिर्वाचनमा  संघमा खाली रहेका पदाधिकारीहरुलाई नियुक्त गरी  पूर्णता दिन उपनिर्वाचन हुन लागेको हो । संघमा रिक्त रहेका वाणिज्य उपाध्यक्ष र एसोसियट सदस्यहरुका लागि संघमा आवद्ध उद्योगी तथा व्यवसायिहरु मैदानमा उत्रिएका छन् ।

बाकी कार्याकालका लागि नयाँ सदस्य चयन हुने भएपछि उम्मेदवारका आकांक्षीहरु चुनावी प्रचार प्रसारमा लागेका छन् । पाल्पा उद्योग वाणिज्य संघको बाकी कार्याकालका लागि उद्योग उपाध्यक्षको रुपमा युवा व्यवसायी, समाजसेवी, होटल क्राउनका संञ्चालक कमलकृष्ण कार्की चुनावी मैदानमा उत्रनु भएको छ । उद्योग उपाध्यक्ष पदका प्रत्यासी कार्की सँग हाम्रा कुरा डटकमका लागि पाल्पा संवाददाता रामचन्द्र रायमाझीले चुनावी एजेण्डा तथा समसामयीक विषयमा गरिएको कुराकानी ।
 
१. पाल्पा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षका लागि तपाईको उम्मेदवारी किन ?
: मैले पाल्पा उद्योग वाणिज्य संघको बाकी कार्याकालका लागि उद्योग तर्फको उपाध्यक्षका लागि चुनाव लड्ने सोच बनाएको छु । उद्योग वाणिज्य संघमा आवद्ध उद्योगी तथा व्यवसायिहरुले भोग्नु परेका समस्याको समधान गर्न तथा पाल्पा उद्योग वाणिज्य संघलाई उद्योगी व्यवसायिहरुको छाता संस्थाको रुपमा विकास गर्नका लागि मैले उपाध्यक्षको उम्मेदवारी दिएको हुँ । विगतमा उद्योग वाण्ज्यि संघको जुन गरिमा थियो त्यो गरीमालाई  अझ उचो बनाउँदै लैजान मेरो महत्वपूर्ण भूमिका रहन्छ ।

२. तपाईलाई नै किन मत दिने ?
: म पाल्पा उद्योग वाणिज्य संघको सम्रग विकास, उद्योगी व्यवसायीहरुको हक–हित तथा अधिकारको रक्षा एवं उनीहरुका समस्या समाधान गर्नका लागि संघमा जान खोजेको हुँ । म संघमा निर्वाचन भएर गए पछि अहिले उद्योग तथा उद्योगीहरुले भोगेका समस्याहरुलाई सम्बोधन गर्ने मेरो पहिलो काम हुने छ , भने संघको भौतिक पूर्वधार विकास एंव संस्थागत विकासमा विशेष जोड हुने छ । पाल्पा जिल्ला आफैमा उद्योग र पर्यटनको संभावना बोकेको जिल्ला हो । तर संभावना भएर पनि गर्न सकिने धेरै कामहरु गर्न सकिएको छैन । यसलाई वास्तविकताको नजिक पुर्‍याउने  मूख्य लक्ष्यका साथ लागि परिरहेको छु ।  यहाँ सुन्दर, शान्त,  रमणीय, पर्यटकीय धार्मिक स्थल रहेको , आन्तरिक तथा बाह्य पर्यटकहरु आउने तर छोटो समयको बसाईमै फर्किनु पर्ने बाध्यताहरु हामी भोगी रहेका छौं । उनीहरुको बसाईलाई वाताणरण अनुकूल बनाउन सक्ने हो भने यहाँका होटल व्यवसायी, ढााका तथा करुवा उद्योगहरुको प्रवद्र्धन समेत देखिन्छ । यति मात्र होइन ग्रामीण क्षेत्रमा उत्पादन गरिने वस्तुहरुको प्रवद्र्धन गरी निर्यात समेत गर्न सकिन्छ । लामो समय देखि व्यक्तिगत रुपमै सामाजिक क्षेत्रमा काम गरी रहेकाले मैले भोगेका अनुभवहरुलाई संस्थागत गर्दै सामूहिक रुपमा काम गर्दा अझ प्रभावकारी हुने सम्भावना भएकोले सकारात्मक सोच र अठोटका साथ मेरो  उद्योग उपाध्यक्षमा उम्मेदवारी रहेको हो । जसले गर्दा उद्योगी तथा व्यवसायिहरुको छाता  संघको पक्ककै पनि मुहार फेरिन सक्छ ।  त्यस कारणले गर्दा म आम उद्योगी व्यवसायिहरुले सहयोग गर्नु हुनेछ  भन्ने पूर्ण विश्वासका साथ चुनावी मैदानमा उत्रिएको हुँ ।

३. तपाईका चुनाव जित्ने आधारहरु के के छन् ?
 : म लामो समय देखि नै होटल व्यवसायिमा संलग्न  भएकाले पनि जिल्लामा सञ्चालित होटल व्यवसायीहरुले भोग्नु परेका  समस्याहरु रामै्र सँग नियालेको छु । ती समस्याहरु सामधानका लागि एक्लो प्रयासबाट संभव नरहेकाले सामूहिक रुपबाट हुन सक्ने भएकाले म संस्थामा गएर केही काम गर्नु पर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुँ । म बािहर रहेर पनि जिल्लाको सम्रग पर्यटकीय, धार्मीक र सामाजिक क्षेत्रका विकासको लागि महत्वपूर्ण भूमिका खेलेको छु । जस अन्र्तगत आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि ओम पार्क निर्माण गरी पार्क परिसरमा १० वटा सनवा चियर राखेको, धुर्वघाटमा बलपार्क, चिल्ड्रन पार्क , लभडाँडामा कर्ची सहितको पार्क स्थापना, श्रीनगरमा गोलमेच निमार्ण गरी पर्यटकहरुलाई मनोरञ्जन प्रदान गरेको छु । समयसमयमा जिल्लाका अनाथ बालबालिकाहरुलाई न्यानो कपडा, खाद्यान्न सहयोग, भुकम्प प्रभावित परिवारलाई जस्ता पाता सहयोग, चन्द्र मावि चापपानीमा अध्ययनरत छात्रछात्राहरुलाई न्यानो कपडा सहयोग  जस्ता कार्यहरु गरेकाले पनि जिल्लावासिहरु मेरो काम कर्तव्यबाट परिचित हुनुहुन्छ । तसर्थ मैले विगतमा गरेका कार्यहरुको मूल्याङ्कनले नै मैले चुनाव जित्छु भन्ने लाखेको छ ।

४. चुनावी मैदानमा विभिन्न पार्टीमा विचार र आस्था राख्ने व्यक्तिहरु हुनुहुन्छ , तपाईलाई कसरी चिन्ने ?
:  हो पक्ककै पनि पाल्पा उद्योग वाणिज्य संघमा विभिन्न पार्टीमा आस्थावान व्यक्तिहरुको संयुक्त संगठनबाट संस्था अगाडि बढेको अवस्था छ । व्यक्तिहरुमा फरक फरक विचार सिद्धान्त हुनु स्वाभाविक हो । म पनि त्यो विचार सिद्धान्त भन्दा अलग छैन । विगत लामो समय देखि लोकतान्त्रीक मुल्य र मान्यता अंगीकार गर्दै नेपाली काँग्रेसको एक सक्रिय सदस्य हुँ । लोकतान्त्रीक उद्योगी तथा व्यवसायीहरुले नै उपाध्यक्षको जिम्मेवारीमा सिफारिस गरे पछि  नै मैले उम्मेदवारी दिएको हुँ ।
      
५ . यस क्षेत्रमा भएका विकास निर्माणका आयोजनाहरुमा तपाईको भूमिका के हुन्छ ?
: यस क्षेत्रमा सञ्चालनमा रहेका विकास निर्माण तथा आयोजनाहरु समयमा नै सम्पन्न होस् भन्नका लागि म एउटा सचेतकका रुपमा रहने छु । यहाँ विकास निर्माण समयमा सम्पन्न नहुने जस्तो देखेमा ती आयोजनाहरुलाई समयमै सम्मपन्न गर्नका लागि आवश्यक दवाव दिने तथा आवश्यक परामर्श दिने छु । उद्योग वाणिज्य संघले सरकारी कार्यालयमा गर्ने संस्थागत सम्बन्धलाई थप बढावा दिदै यसलाई जिम्मेवार संस्थाको रुपमा विकास गर्दै लैजाने योजना रहेको छ ।

६. तपाई चुनाव जिते पछि पहिला के के काम गर्नुहुन्छ ?
: मैले चुनाव जिते पछि पहिलो काम जिल्लालाई उद्योग सहितको  पर्यटन विकास गर्न  जोडदार पहल गर्नेछु । जिल्लाको प्रसिद्ध  ढाका र करुवालाई संरक्षण र प्रवद्र्धन गर्ने, तानसेनवासीहरुलाई उज्यालो तानसेन निर्माण गर्न पहल गर्ने, गरीब तथा विपन्न परिवारका बालबालिकाहरुलाई शिक्षा र न्यानो कपडाहरु सहयोग गर्ने, उद्योगी तथा व्यवसायीहरुलाई बिजुलीबाट पर्न गएको असरलाई समन्वय  गरी समधानमा पहल गर्ने, उद्योगी तथा व्यवसायीहरुको हक हितका लागि विभिन्न निकायसँग समन्वय गर्ने, युवाहरुका लागि स्वरोजगारमूलक तालिमहरु सञ्चालन गर्ने लगायतका कार्यमा पहल गर्ने कार्यमा मेरो महत्वपूर्ण भूमिका रहनेछ ।   

७. अन्तमा ?
: आशान्न उद्योग वाणिज्य संघको उपनिर्वाचनबाट मलाई उद्योग उपाध्यक्ष पदमा आफ्नो अमूल्य मत दिई सेवा गर्ने मौका प्रदान गर्नुहुन  विनम्र  अनुरोध गर्न चाहन्छु ।  संघको संस्थागत विकासका लागि मैले गरेका वाचा पूरा गर्ने संकल्प गर्दछु ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ