arrow

सँगै कम्बाेडिया उडे सुजाता काेईराला र माधव नेपाल

logo
प्रकाशित २०७५ साउन १० बिहिबार
sujata-_madhab-1.jpg

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस नेतृ सुजाता काेईराला कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा साउन १५ गते हुने संसदीय निर्वाचनको पर्यवेक्षण गर्न नेता नेपाल कम्बोडिया गएकाे नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । 

नेपालसँगै कांग्रेस नेतृ तथा सांसद सुजाता कोईरालासमेत गएकी छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाल ‘सेन्ट्रिस्ट् एसिया प्यासिफिक डेमोक्राट्स इन्टरनेशनल’को उपाध्यक्षसमेत हुन् । नेता नेपालकाे टाेलीमा नेकपाका नेता तथा सांसद भानुभक्त ढकाल पनि छन् । 

नेता नेपाल कम्बाेडियामा रहँदा विश्वबाट आएका अन्य देशका नेतासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेकपाका नेता रिजालले जानकारी दिए । नेता नेपाल साउन १८ गते स्वदेश फर्कने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ