arrow

सैनामैनामा नगरपालिकामा चक्रपथ निर्माण हुने

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ साउन १० बिहिबार
sainamaina.png

बुटवल। देशभरका स्थानीय तह मध्ये सैनामैना नगरपालिका चक्रपथ निर्माण गर्ने पहिलो स्थानीय तह भएको छ । यो चक्रपथ निर्माण निर्वाचन अघि चुनावी नारा बनेको थियो ।

चक्रपथ निर्माणका लागि १८ किलोमिटर सडकमा ट्र्याक खोल्ने काम भइरहेको छ । ४१ किलामिटर सडकका लागि ७० करोड रुपैँया विनियोजन भएपछि चक्रपथ निर्माणको काम सुरु भएको हो । संघियता कार्यान्वयन पुर्व सुरु गरिएको चक्रपथ निर्माणको काम तीन तहको सरकार निर्माण पछि कसले हेर्ने भन्नेमा भने अन्यौल सिर्जना भएको छ ।

नितिगत रुपमा प्रदेश स्तरका सडक प्रदेशले हेर्ने, स्थानीय तहका सडकहरु स्थानीय तहले हेर्ने र राष्ट्रिय गौरवका आयोजनाहरु संघिय सरकारले हेर्ने व्यवस्था छ । तर संघियता कार्यान्वय पुर्व लगाएको ठेक्का अब कसले हेर्ने भन्ने अन्यौल सिर्जना भएको हो । “यो चक्रपथ निर्माण केपी ओली प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री हुँदा स्वीकृत भएको हो” सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले भने–“ संघियता पछि निर्माणमा केही अन्यौला देखिएको छ, त्यसका लागि हामीले मन्त्रालयमा कुरा गरिरहेका छौ” ।

सडक डिभिजन कार्यालय बुटवल बाट ३ बर्षमा सक्ने गरी ठेक्का लगाइएको छ । नगरपालिकाले भौतिक पुर्वधार तथा विकास मन्त्रालयमा अनुरोध गरेर अहिलेकै अवस्थामा चक्रपथ निर्माण गर्ने बताएको छ । “संघिय सरकारलाई अनुरोध गरेर चक्रपथ निर्माण सडक डिभिजनबाटै गराउन हामीले नगरको बैठकले अनुरोध गर्ने निर्णय गरेका छौ” नगरप्रमुख कार्कीले भने । नगरपालिकाले चक्रपथ जोडिन बाकी १२ किलोमिटर सडकको पनि डिपीआर बनाउन सुरु गरेको छ । साविकका पर्रोहा र दुधराक्ष गाविस नगरपालिकामा गाभिएपछि समेट्न बाँकी १२ किलोमिटरको सडकको डिपीआर तयार गर्न थालिएको उनको भनाई छ । उक्त चक्रपथको निर्माण पनि ३ बर्षमा सक्ने योजना छ ।

चक्रपथ निर्माण भित्र पर्ने ५ वटा पुल मध्ये २ वटा पुलमा टेण्डर निकाल्ने तयारी भएको छ भने ३ वटा पुलको डिपीआर तयार हुँदै छ । चक्रपथ निर्माण पछि सैनामैना नगरपालिकाले अघि सारेको खुसी सैनामैना नगरबासी, समृद्धि सैनामैना नगरपालिका नारामा एक ईटा थप्ने काम हुने उपप्रमुख बिना रानाले बताईन । चक्रपथ निर्माण सम्पन्न पछि नदि किनारमा बस्ने सैनामैना बासीले विकासको अनुभुती गर्न पाउने छन । “चक्रपथ निर्माण पछि विकासको अनुभुती जनताले गर्न पाउनेछन  । त्यस संगै दैनिक जीवन यापनमा समेत सहज हुनेछ” उनले भनिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ