arrow

डा. केसीकाे उपचारका लागि टाेली गठन

नेतृत्व प्रधानमन्त्रीकै निजी चिकित्सकले गर्दै

logo
प्रकाशित २०७५ साउन १० बिहिबार
dr-govinda-kc-tuth-15thfast.jpg

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले डा. गोविन्द केसीको उपचारका लागि उपचार टोली गठन गरेको छ ।

शिक्षण अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक प्राध्यापक मन्दिरा वन्तले डा. केसीको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अस्पताल व्यवस्थापन तथा स्वास्थ्य उपचार टोलीका सदस्यहरुसँग समन्वय तथा सहकार्य गर्न निर्देशन दिएसँगै टाेली गठन भएकाे हाे । 

सामान्य चिकित्सा विभाग प्रमुख प्रा. डा प्रदीपकृष्ण श्रेष्ठ र नेफ्रोलोजी विभाग प्रमुख प्रा.डा. दिव्या सिंह शाहको संयुक्त संयोजकत्वमा शिक्षण अस्पतालले नौ सदस्यीय स्वास्थ्य उपचार टोली गठन गरेको हाे । 

दिव्या सिंह शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक हुन् । याेबीचमा उनले डा‍‌.  केसी र सरकारबीच सहमतिका लागि मध्यस्तता निभाईरहेकी छन् ।

डा‍. केसीकाे उपचारका लागि गठन भएकाे टोलीमा सह-प्राध्यापक डा. सुवास आचार्य, प्रा. डा प्रमेशसुन्दर श्रेष्ठ, डा. सूर्य देवकोटा, डा. पंकज पन्त, डा. रविन नेपाली उप-प्रशासक टेकबहादुर कार्की, तथा नर्सिङ अधिकृत गंगा थापा पनि सामेल छन् ।

अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक प्राध्यापक मन्दिरा वन्तले डा. केसीको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अस्पताल व्यवस्थापन तथा स्वास्थ्य उपचार टोलीका सदस्यहरुसँग समन्वय तथा सहकार्य गर्न निर्देशन दिएसँगै टाेली गठन भएकाे हाे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ