रसुवा । टिमुरेमा बुधबार राति पहिराेमा पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ । एक जना अझै बेपत्ता रहेकाे र खाेजी भईरहेकाे बताईएकाे छ ।
सिन्धुपाल्चोकको जिल्ला भोटेकोसी गाउँपालिका–५ का श्याम श्रेष्ठ, विक्रम श्रेष्ठ, मंगले तामाङ, भोटेकोसी–४ का रेशम खड्का रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका–१ थुमन का मिङमार गुम्बु तामाङ, गाउँपालिका–२ टिमुरेका दोर्जे वाङजु घले, नुवाकोटका रमेश तामाङ र शर्मिला कमिनीकाे पहिराेमा पुरिएर मृत्यु भएकाे हाे ।
घाइते ५ जनालाई थप उपचारका गर्न काठमाडौं पठाइएको गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताएका छन् । घाइते मध्ये ७ जना उपचारपछि घर फर्केका छन् । घाईते सबै १२ जना थिए ।
बुधबार मध्यराति गोसाइकुण्ड गाउँपालिका-२ टिमुरेमा खसेको पहिरोले २ टहरा, एक होटेल, नजिकै रहेकाे अस्थायी प्रहरी चाैकी समेत पुरिएको थियाे । यस्तै २ कन्टेनर र एउटा ट्रक पहिराेकाे लपेटमा परेका छन् ।