arrow

नेपाल सरकारबाट उचित सेवा-सुविधा नपाएको भारतीय शिक्षकहरुको गुनासो

logo
प्रकाशित २०७५ साउन १० बिहिबार
Indian_Teacher.jpg

काठमाडौं । ईन्डियन टिचर एशोसिएशन अफ नेपालका अध्यक्ष अरुण नारायण तिवारीले नेपाल सरकारबाट उचित किसिमको सेवा सुविधा नपाएको गुनासो गरेका छन् ।  बिहिबार रिपोर्टर्स क्लब नेपालमा ईन्डियन टिचर एशोसिएशन अफ नेपालले पत्रकार सम्मेलन गरेर नेपाली शिक्षक बराबर सेवा सुविधा नपाएको भन्दै सेवा सुविधामा हेरफेर गर्न सरकारसँग माग गरेको छ ।

आदर्श उच्च मा.बि. दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा कार्यरत शिक्षक तथा ईन्डियन टिचर एशोसिएशन अफ नेपालका अध्यक्ष तिवारीले नेपाल सरकारले दिँदै आएको सेवासुविधालाई भारतीय मुद्रा अनुसार उपलब्ध गराउन माग गरेका छन् ।
उनले भने,‘म विगत २०३९ सालदेखि शिक्षण सेवामा जागिरे भएर नेपालमा बस्दै आएको छु, गैर–नेपाली भएर नेपालको शिक्षा क्षेत्रमा काम गर्दै आएका छौं, पहिले १ सय ५० जना जति हामी शिक्षकहरु यसरी नै अस्थायी रुपमा नेपालका स्कुलहरुमा पढाउँदै आएका थियौं, पछिल्लो समयमा १५ देखि २० जनामात्रै छन् जस्तो लाग्छ, एक दशक पहिलेदेखि रिटायर्ड भएका साथीहरुले पनि पेन्सन, पिएफ, ग्राजुएटि, औषधी उपचार खर्च लगायतका सुविधाहरु उपलब्ध गराउनुपर्छ ।’

उनले अघि थपे,‘राज्यले एउटै स्कुलमा अध्यापन गराउने शिक्षकलाई विभेदपूर्ण व्यबहार गरेको छ, हामीले ३५ वर्षदेखि पढाउँदै आएका छौं, सेवाबाट बिदा हुँदाखेरि हामीले ८ देखि १२ लाखसम्म पाउने हुन्छ, सरकारले त्यसमा पनि हेरफेर गरिदेओस् भन्ने हाम्रो माग हो ।’

२०५२ सालमा तत्कालिन् सरकारका प्रधानमन्त्री शेर बहादुर देउबालाईसमेत भारतीय शिक्षकहरुका मागका बारेमा ज्ञापनपत्र बुझाएको स्मरण गर्दै अध्यक्ष तिवारीले भने,‘हाम्रा माग र अधिकारको लागि धेरै वर्ष पहिलेदेखि नै लड्दै आएको छु, तर सरकारले हाम्रा मागहरुको बारेमा कुनै वास्ता गरेन, हामीले जहिले दुख पोखिमात्रै रह्यौं, जीवनका ६० बशन्तहरु पार भएपछि हामीले बिदा भएर घर जानुपर्ने हुन्छ, मैले पनि अबका २-४ वर्षपछि शक्षण पेशा छोडेर घर जानुपर्ने हुन्छ, साथीभाईहरुले तँलाई नेपाल सरकारले के–के सुविधा दियो भनेर सोधे भने मैले के भन्ने ? हामीले पाउने सेवा सुविधा र तलबका बारेमा भन्दा नेपालको बेईज्जत हुन जान्छ, यत्रो जीवन यही माटोमा बिताएको र सयौं विद्यार्थीको शैक्षिक भविष्यलाई उज्यालो बनाउन हामी लागिपरियो, युद्ध कालमासमेत अनेकौं दुःख र पीडाहरु भोगियो, तर राज्यले हामीलाई दोस्रो देशका नागरिक भनेर हेला गर्यो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ