arrow

प्रधानन्यायाधीशका लागि सिफारिस जोशीको सुनुवाई भयो, निर्णय सुनाईएन 

शुक्रबारसम्म कुर्नु पर्ने

logo
प्रकाशित २०७५ साउन १० बिहिबार
deepak1.JPG

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिका लागि रिफारिस दीपकराज जोशीबारे विहिबार सुनुवाई भएको छ । सुनुवाई नै लम्बिएकाले समितिले निर्णय भने विहिबारै सुनाउन सकेन । समिति सदस्यहरुका अनुसार निर्णय शुक्रबार मात्रै सुनाईने छ 

सुनुवाई सकिएको र निर्णय शुक्रबार मात्रै सुनाईने संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले निर्णयका लागि शुक्रबार फेरि बैठक डाकिएको बताए ।

संवैधानिक परिषदले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस कायम मुकायम प्रधानन्यायाधीश जोशीविरूद्ध संसदीय सुनुवाइ समितिमा ५ वटा उजुरी परेका थिए । 

सुनुवाई समिति सदस्यहरुले दुई विद्यालयबाट एउटै सिम्बोल नम्बरमा एसएलसी दिएको, ठूला कम्पनीलाई कर छुटका लागि दिइएको अन्तरिम आदेश, एनसेललाई विदेश पैसा लैजान दिने गरी भएको आदेश, विभिन्न ठाउँका सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्न उनको इजलाशले दिएको आदेशलगायतबारे परेका उजुरीका आधारमा प्रश्न सोधेका थिए । समिति सदस्यहरुले यो सुनुवाई विवादरहित रहने विश्वास गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ