arrow

केसीको अनसन टुट्दै, बालुवाटारमा नौ बुँदे सहमति 

logo
प्रकाशित २०७५ साउन १० बिहिबार
dr.kc_.jpg

काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनसन बसेका डा. गोविन्द केसी र सरकारी पक्षबीच नौ बुँदे सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केसी र सरकारीपक्षबीच नौँ बुँदे सहमति भएको हो । यसअघि सिंहदरबारमा भएको वार्तामा प्रधानमन्त्रीकै निवासमा गएर औपचारिक निर्णय लिने कुरा भएको थियो । 

डा. केसीले अब अनशनस्थलमा आएको सहमति पत्रमा हस्ताक्षर गर्नेछन् । र, अनसन तोड्ने छन् । यसका लागि सरकारी वार्ता टोली टिचिङ अस्पताल जाँदै छ ।

वुधबार भएको वार्ताले माहोल विग्रिन थालेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली आफै सक्रिय भएका थिए । ओलीकै सक्रियतामा फेरि वार्ताको वातावरण बन्यो, र सहमति भयो । प्रधानमन्त्री केपी ओलीले बुधबार राति डा. केसी पक्षलाई भेटेका थिए । उनकै सक्रियतामा विहिबार वार्ता भएको हो । 

डा केसीले गएकाे असार १६ गतेदेखि जुम्लामा अनसन सुरु गरेका थिए। उनकाे स्वास्थ्य खतरामा रहेकाे खबर अाउनासाथ सरकारले अनसनको २०औं दिन साउन ३ गते उनलाई सेनाकाे हेलिकप्टरबाट काठमाडौं ल्याएको थियो । केसीकाे याे सबैभन्दा लामाे अनसन भएकाे छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ