- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाल्पा । नेपालकै ताजमहल भनेर चिनिने पाल्पाको रानीमहलको व्यवस्थापन, संरक्षण र सन्चालनको जिम्मेवारी पुरातत्त्व बिभागले तानसेन नगरपालिकालाई दिएको छ । बिहिबार पुरातत्त्व बिभागका महानिर्देशक भेष नारायण दाहाल र तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाही बिच बिभागमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सस्कृती, नागरिक तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारीको समेत उपस्थितमा १० बर्षको लागि पुरातत्त्व बिभागले नगरपालिकालाई जिम्मेवारी दिएको हो । तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृतनराज पौडेलका अनुसार बिभागसंगको सम्झौतामा रानिमहलको संरक्षणमा मर्मत सम्भारका काम गर्ने साथै रानीमहलको नगरपालिकाले प्रबेश शुल्क लिन सक्नेछ ।
रानिमहलबाट हुने आर्थिक आम्दानी विवरण नगरपालिकाले नियमित बिभागमा पठाउनु पर्नेछ । तानसेन नगरपालिका वडा नम्बर १३मा पर्ने ऐतिहासिक एवं पुरातात्विक महत्वको रानी महलको व्यवस्थापन मा पछिल्लो केही बर्ष यता खासै कसैको चासो गएको थिएन । २०७२ सालको भुकम्पले रानिमहलको केही भाग कमजोर बनाएको छ । तथापि नेपालको ताजमहलको पहिचान बनाउदै आएको रानिमहलको अस्तित्वले गर्दा बर्सेनि त्यस क्षेत्रमा पुग्ने पर्यटनको संङ्ख्या बढिरहेको छ ।
पछिल्लो २/३ बर्ष यता रिसोर्ट तथा होटेल सन्चालन भएपछी समुहमा भ्रमणमा त्यहा पुग्ने र बाँस बसेर १/२ दिनको बसाई टिक्न सक्ने बनेको छ । त्यसअघि त्यहा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक त्यहा अबलोकन गरेर फर्कनु पर्ने अवस्था थियो । रानिमहल पुग्ने सडकखण्ड बिस्तार र पानीको निकास तथा बाटो निर्माणको क्रममा नै छ । यद्दपि त्यहा पुग्न केहि मात्रामा बाटो सहज पनि भएको छ । अब स्थानिय तहले नै सन्चालनको जिम्मेवारी पाएपची यसको छिटी बिकास हुनेमा स्थानिय आशाबादी छन ।