arrow

सरकारी टोली अनसनस्थलमा, केसीको असहमति कायमै 

logo
प्रकाशित २०७५ साउन १० बिहिबार
dr-kc.jpeg

काठमाडौं । डा. गोविन्द केसीले बालुवाटारमा भएको सहमतिका एक दुई बुँदामा असहमति जनाएपछि हस्ताक्षर गराउन त्रिवि शिक्षण अस्पताल पुगेको टोली अलमलमा परेर फर्केको छ । 

डा. केसीका सहयोगि प्रितम सुवेदीका अनुसार सरकारी टोली बालुवाटारमा भएको सहमति डा. केसीलाई सुनाउन अनसनस्थल पुगेपनि केसीले हस्ताक्षर गर्न मानेनन् । 

एक–दुईटा विषयमा डा. केसीले असहमति जनाएको उनले बताए । डा. केसी र सरकारी पक्षबीचको वार्ता सिंहदरबार हुँदै बालुवाटार पुगेर टुंगिएको थियो । बालुवाटारमा ९ बुँदे सहमति भएको भनिएपनि त्यसबारे आधिकारिक जानकारी भने दिईएन । 

डा. केसी पक्ष र सरकार पक्षबीच भएको भनिएकाे नाै बुँदे सहमतिमा काठमाडाैं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाउने मागबारे लचक हुने भनिए सरकारी टाेलीसँग डा. केसीले त्यसमा दायाँ बायाँ नहुने बताए । 

डा‍. केसीले माथेमा कार्यदलले दिएकाे सुझाव अनुसार काठमाडाैं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने भन्ने बुँदा जस्ताको तस्तै राख्नुपर्ने अडान कायमै राखेपछि वार्ता टोली अनसनस्थलबाट फेरि बालुवाटार फर्किएकाे छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ