arrow

निजामती कर्मचारीकाे उमेरहद ६० वर्ष

logo
प्रकाशित २०७५ साउन ११ शुक्रबार
GOV.JPG

काठमाडाैं । सरकारले निजामती, स्वास्थ्य सेवा र संसद्सहित सबै सेवाका कर्मचारीको उमेरहद ६० वर्ष कायम गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ ।  

‘संघीय निजामती कर्मचारी ऐन विधेयक २०७५’ मा सबै सेवाका कर्मचारीको उमेरहद ६० वर्ष कायम गर्ने प्रस्ताव गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले जानकारी दिए । उनका अनुसार ६० वर्ष पुगेका निजामतिहरू अवकाश पाउने छन् । विधेयकको मस्यौदा कानुन मन्त्रालयबाट फिर्ता आएलगत्तै मन्त्रिपरिषद् पेश गरिने उनले बताएका छन् ।

अर्थ मन्त्रालय, लोकसेवा आयोग र संघीय प्रशासनिक पुनःसंरचना समितिले निजामती र अन्य सेवाका कर्मचारीमा समानता ल्याउन अवकाश उमेर ६० वर्ष कायम गर्न सुझाव दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ