arrow

हाम्रो घरै ठीक छैन, ठीक गर्नुपर्छ : महामन्त्री कोइराला

logo
प्रकाशित २०७५ साउन ११ शुक्रबार
Sashanka-koirala.jpg.jpeg

नवलपरासी। नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाली कांग्रेसका कार्यकर्ता अब एक ढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। छत्तिसौँ बिपी स्मृति दिवसका अवसरमा कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले कावासोतीमा आयोजना गरेको विचार गोष्ठीमा उनले भने, “सबैभन्दा पहिले त हाम्रो घरै ठीक गर्नुपर्छ, हाम्रो घरै ठीक छैन, गुटउपगुट छ, त्यसलाई अन्त्य गर्नुपर्छ।”

महामन्त्री डा.कोइरालाले मुलुक र नेपाली जनताको आवश्यकता अनुसार कांग्रेसको आउँदो महाअधिवेशन कुनै गुटउपगुटको नभई एकताको हुनुपर्नेमा जोड दिदैं कुनै पनि गुटउपगुट नभएको एकता महाअधिवेशन आफूले हेर्न चाहेको बताए।

बिपीले आफ्ना कार्यकर्तालाई सम्मान, माया र आत्मीयता प्रदान गरेकै कारण बिपी आज सबैमाझ लोकप्रिय रहेको उल्लेख गर्दै उनले बिपीको विचारलाई अवलम्बन गरेर नेपाली कांग्रेस अगाडि बढ्नुपर्ने बताए। नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले बिपीको सिद्धान्तलाई नेपाली कांग्रेसका कुनै पनि नेता तथा कार्यकर्ताले बिर्सन नहुने बताउँदै बिपीको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको धारणा व्यक्त गरे।

बिपीले देखाएको बाटोमा हिँड्न सके मात्रै अबको कांग्रेस बलियो हुने पनि उनले बताए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ