arrow

स्वतन्त्र व्यापारमा जापान र जर्मनीको एक मत

logo
प्रकाशित २०७५ साउन ११ शुक्रबार
germany-japan.jpg

एजेन्सी। जापान र जर्मनीबीच स्वतन्त्र व्यापारमा जोड दिने समझदारी भएको छ। पछिल्लो समय आयातित सामग्रीहरुमा कर बढाउने होडबाजी चलिरहेको अवस्थामा दुई मुलुकले यस्तो समझदारी गरेका हुन्। जुलाईको सुरुवातमा जापान र युरोपियन युनियन (ईयू)को बीचमा स्वतन्त्र व्यापार सम्झौता भएको अवस्थामा जापान र जर्मनीले यस्तो समझदारी गरेका हुन्।

जर्मनीका विदेशमन्त्री हेइको मासले जापानमा भ्रमणको क्रममा पछिल्लो समय बढिरहेको आयातित सामग्रीहरुमा कर बढाउने निर्णयको विरुद्धमा दुई मुलुकहरुको बीचमा यस्तो समझदारी भएको बताएका हुन्। जर्मनीका विदेशमन्त्रीले जापानी विदेशमन्त्रीसँगको भेटको क्रममा यस्तो बताएका हुन्। अहिले विश्वमा स्वतन्त्र व्यापार सबैभन्दा महत्वपूर्ण रहेको उनले बताएका हुन्। दुई मुलुकहरुको बीचमा जलवायु परिवर्तनको मुद्दामा पनि सहकार्य गरेर अघि बढ्ने सहमति भएको हो। यसअघि जर्मनीका विदेशमन्त्रीले जापानी प्रधानमन्त्री सिन्जो अवेसँग पनि भेटवार्ता गरेका थिए।

अन्तर्राष्ट्रिय बजारमा व्यापारिक तनाव बढिरहेको अवस्थामा जापान र जर्मनीले यस वर्षको सुरुवातमा एकअर्काका मुलुकहरुको बीचमा लगाइएको कर हटाउने सम्झौतामा हस्ताक्षर गरेका थिए। अहिले भएको सम्झौता विश्वको प्रमुख अर्थतन्त्र बोकेका यी मुलुकहरुको लागि महत्वपूर्ण हुने विश्लेषकहरुको भनाइ छ।

अमेरिकाले  ईयू, चीन तथा जापानलगायतका मुलुकहरुबाट आउने सामग्रीहरुमा कर बढाउने निर्णय गरेको थियो। जसमा ईयू तथा चीनले त्यसको उत्तर दिइसकेका छन् भने जापानले भने अहिलेसम्म जवाफी कर बढाउने निर्णय ल्याएको छैन। अमेरिकाले आफ्नो मुलुकमा आयात हुने सामग्रीहरुमा कर बढाउने निर्णय लागू गरेसँगै अन्य मुलुकहरुले आपसी समझदारी बढाउने तयारी गरेका छन्। जसअनुसार चीन पनि ईयू तथा अफ्रिकासँगको व्यापार विस्तार गर्ने योजनामा अघि बढेको देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ