अबको काँग्रेस सभापति शशांक कोइरालाः गुरुराज घिमिरे
प्रकाशित २०७५ साउन ११ शुक्रबार
567
Shares
नवलपरासी। नेपाली काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले देश वनाउन काँग्रेसको विकल्प नभएको बताएका छन्। तर त्यसका लागि काँग्रेसमा नयाँ भर्सनको विचार र दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै नेता घिमिरेले भने– काँग्रेस नेतृत्वले पार्टी भित्र नयाँ विचार र पद्धती ल्याउन युवा पुस्तालाई जिम्मेवारी सुम्पनुपर्छ ।
मोवाइल ग्राहकले त नयाँ भर्सन आएपछि पुरानो भर्सन किन्दैनन । जनताले पार्टीको नयाँ भर्सन खोज्दैन र उनले प्रश्न गरे। नेपाली काँग्रेस जिल्ला कार्य समिति नवलपरासीद्वारा वीपी स्मृति दिवसको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै युवा नेता घिमिरेले पुरानो भर्सनको नेतृत्वले त्यो नवुझ्दा पराजित हुनुपरेको टिप्पणी गरे।
काँग्रेस सभापति शेर वहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ भर्सन सहित जिम्मेवारी सम्हाल्न सक्ने नेतृत्वलाई जिम्मेवारी सुम्पनु पर्छ उनले भने –या त सुध्रिनु पर्यो । पेले जस्ता चर्चित खेलाडीले त निश्चित समयपछि मैदान छोड्छ । त्यसो गर्दा इज्जत पनि सधैं कायम रहन्छ । अहिलेसम्म मैदानमा रहेको भए कुनै समय कमाएको चर्चा विलय हुन्थ्यो । पेलेले मैदान वाहिर वसेर टिमलाई जिताउन हौसला प्रदान गर्छ । यो पाठ पार्टी नेतृत्वले सिक्नुपर्ने पार्टी केन्द्रिय सदस्य गुरुराज घिमिरेको भनाई थियो ।
पुरानो पुस्तासँग समन्वय र नयाँ भर्सनलाई संयोजन गर्न सक्ने पार्टी भित्र विकल्प महामन्त्री शसाङक कोइराला हुनुहुन्छ नेता घिमिरेले भने–“उहाँले नै अव पार्टी नेतृत्व गर्नुपर्छ ।”
१७ हजार मान्छे मारेर सत्तामा पुगेको र आफ्नै लडाकुको अरवौं पैसा खाने प्रचण्डलाई काँग्रेसले लासको राजनीति गर्यो भनेर आरोप लगाउने के हैसियत छ नेता घिमिरेले प्रश्न गरे। डा गोविन्द केसीको समर्थन गर्नुलाई नेकपा अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस लासको राजनीति गरेको आरोप लगाएका थिए।
एमाले भन्दा ५ लाख जनमत काँग्रेस अगाडी रहेको दावी गर्दै वहुमतको दम्भमा जे मन लागे त्यही गरे कम्युनिस्ट अधिनायकवादको एक एक हिसाव गर्ने नेता घिमिरेले चेतावनी दिए।
'महामानव वीपी कोईरालाको केन्द्र गरिव जनता थियो। १५ वर्षमा हरेक नेपाली नागरिकलाई आफु सरह आफु सरह वनाउने लक्ष्य र योजना स्पष्ट थियो।' घिमिरेले भने, ' प्रधानमन्त्री ओलीले त्यो भन्न सक्नुहुन्छ।',
ठेकेदारका मार्सीधानको चामलमा पल्केका प्रधानमन्त्रीले गरिव जनताको दुख बुझ्न नसक्ने नेता घिमिरेको आरोप थियो ।