arrow

शानदार जितपछि इमरान खानले भने - चीन, इरान र साउदी हाम्रो वास्तविक मित्र

logo
प्रकाशित २०७५ साउन ११ शुक्रबार
imran-khan2.jpg

एजेन्सी। पाकिस्तानको निर्वाचनमा जित हासिल गरेसँगै इमरान खानले पाकिस्तानको लागि चीन, इरान र साउदी अरेबिया वास्तविक मित्रराष्ट्र रहेको बताएका छन्। यससँगै पाकिस्तानमा नयाँ सरकार आएपछि चीनको प्रभाव पाकिस्तानमा थप विस्तार हुनसक्ने देखिएको हो। उनले पत्रकार सम्मेलनको क्रममा आफ्नो सरकार चीन, इरान र साउदी अरबसँगको सम्बन्ध बलियो बनाउने दिशामा अघि बढ्ने स्पष्ट पारेका छन् । 

जितपछि आफ्नो विदेशनीतिको विषयमा बोल्दै उनले अमेरिकासँगको सम्बन्धमा सुधार गर्नु भने आफ्नो प्राथमिकतामा नरहेको संकेत दिएका छन् । उनले पाकिस्तानमा शान्तिको स्थापनाको लागि अमेरिकाको कुनै आवश्यकता नरहेको बताएका हुन् । उनले आगामी दिनमा अमेरिकासँगको सम्बन्धमा सुधार आउनसक्ने तर यो सम्बन्ध एकतर्फी हुन नसक्ने बताएका हुन् । 

खानले भारतलाई लक्षित गर्दै पाकिस्तानमा भइरहेको गलत गतिविधिहरुको कारक भारत रहेको बताए। उनले दुई मुलुकको बीचमा शान्ति कायम गर्नका लागि दुवै मुलुकहरु बराबरीमा आउनुपर्ने उनको भनाइ छ । यद्यपि उनले अर्को छिमेकी मुलुक चीनसँगको सम्बन्धमा भने थप सुधार हुने बताएका हुन् । उनले मुलुकको आर्थिक विकासको पाठ चीनबाट सिक्ने उनले बताएका हुन् । 

उनले साउदी अरेयिबा पाकिस्तानको लागि कठिन समयको साथी रहँदै आएको बताए । यसअघि तालिवानसँग वार्ता गरेर समस्या समाधान गर्नुपर्ने धारणा राखेको भन्दै आलोचनाको सिकार भएका खानले अफगानिस्तानसँगको सीमा खुला राख्ने र शान्तिपूर्ण वार्ता गर्नु आफ्नो प्राथमिकतामा रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ