arrow

पाँचवर्षको धम्कीदिने सरकार जनताको दबाबसामु ५ महिनामै झुक्यो : महत

logo
प्रकाशित २०७५ साउन ११ शुक्रबार
prakash-sharan-mahata.gif

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले पाँच वर्षका लागि भनेर शासन सत्तामा अधिनायकवाद लाद्न खोजेको सरकार जनताको बलको सामु पाँच महिनामै झुक्न बाध्य भएको बताएका छन् ।

विपी स्मृति दिवसका अवसरमा नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ ३ नम्बर प्रदेश समितिले शुक्रबार राजधानीमा आयोजना गरेको गोष्ठीमा बोल्दै उनले दुई तिहाई बहुमत या पाँच वर्षे कार्यकाल जे भनेता पनि उसको स्वेच्छाचारितालाई जनताले घुँडा टेकाइदिने बताए ।  

नेपाली कांग्रेसले ल्याएको चिकित्सा शिक्षा विधेयकमाथि आफू अनुकुल परिवर्तन गर्न खोजेपछि र डा.गोविन्द केसीको अनशनमा कांग्रेसले समर्थन गरेर सडक र सदनबाट दबाव सिर्जना गरेपछि सरकारका सामु केही नचलेको उनको दाबी थियो । सो अवसरमा डा.महतले भने– 'वर्तमान सरकारका लागि यो ठूलो पाठ हो र आगामी दिनमा पनि आफ्नो बहुमत छ भन्दैमा जनविरोधी र संविधान विपरीतका जस्तोसुकै निर्णय पनि फिर्ता लिनुपर्छ त्यसैले अधिनायकवादी शैलीमा आगामी दिनमा अघि नबढ्दा राम्रो हुन्छ ।'

जनताको पक्षमा वर्तमान सरकारले कुनै पनि काम नगरेको भन्दै उनले निर्वाचनका बेलामा जारी भएको घोषणा पत्र कहाँ छ भनेर एक पटक पल्टाएर हेर्न पनि आग्रह गरे ।

बृद्धबृद्धालाई भत्ता, शिक्षा र स्वास्थ्यका क्षेत्रमा नागरिकको पक्षमा नीति निर्माण तथा मानौँ कि कम्युनिष्ट सरकार बनेपछि वर्षदिन भित्रैमा रेल कुद्छ भन्नेजस्तो अनर्गल प्रचार चुनावको बेलामा गरेर भोट तान्ने मात्र काम गरेको र त्यो कुरा अहिले आएर जनताले छर्लंगै बुझेको पनि उनले बताए ।

कम्युनिष्टहरुको राष्ट्रवाद नक्कली हो भन्ने निष्कर्ष कांग्रेसको आज आएर पूर्ण रुपमा नै प्रमाणित भइसकेको र यसलाई जनताले बुझ्न अब अरु समय नलाग्ने उनले बताए ।  महंगी बढेको, अनावश्यक र अनायासै बढेको करको दायराका कारण जनताको ढाड सेक्ने काममात्र भएको र त्यसैका कोराण देशमा महंगी बढेको भन्दै तर यस्तो बेथिति नियन्त्रणतर्फ भन्दा पनि सरकारका मन्त्रीहरुको ध्यान कमाउनेतिर मात्र पुगेकोले देशमा अराजकता सिर्जना हुने आरोप पनि उनले लगाए ।

 सहमहामन्त्री डा महतले वर्तमान सरकालाई असहयोग गर्ने या आजै या भोलि नै आन्दोलन गरेर सरकार ढाल्नेजस्ता काम कांग्रेसले नगर्ने स्पष्ट गर्दै तर पनि संविधान विपरीत जाने र अहिलेजस्तो प्रशासन र सुरक्षा निकायलाई आफ्नो छायाँभित्र मात्र राख्न खोज्ने प्रवृत्तिका विरुद्ध भने कांग्रेस डटेर लड्ने बताए ।
 
डा.महलते प्रजातन्त्रको गहनाका रुपमा रहेको स्वतन्त्र प्रेसलाई आफ्नो गुणगानमात्र गाउने साधनका रुपमा चल्न आदेश दिएर त्रासको वातावरण सिर्जना गर्न खोजेका गुनासाहरु पत्रकारहरुबाटै आएकोले यसका विरुद्ध प्रेसले पनि आआफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ