बागलुङ । जिल्लाको बडिगाड गाउँपालिका– १ दगातुन्डाँडाका दुर्गाबहादुर भुजेल उमेरले ७६ लागे । उमेर ढल्कदै गए पनि भुजेलको कलाप्रतिको जोस भने पटक्कै मरेको छैन । मिठो स्वरत उनिमा छनै नाच्ने पनी उत्तिकै कला छ भुजेलमा, मादल बजेका ठाउँमा सोह्र वर्षे तन्नेरीझैं नाच्न र गाउन तम्सिन्छन् उनी । विशेषगरी सोरठी, सालैजो, झ्याउरे र लोक दोहोरीमा अब्बल भुजेल गाउँका हरेक कला संस्कृतिको संरक्षणमा जुटेका छन । उनले आउँदा पुस्ताहरुलाई पनि सोरठी नाच्न सिकाई रहेका छन ।
सोरठी नाच संरक्षणमा युवाहरुको साथ
गाउँको लोपोन्मुख संस्कृति जोगाउन र युवा पुस्तामा हस्तान्तरण गर्न चिन्तित देखिने दुर्गाबहादुर सोरठी नाच संरक्षणमा युवाहरुको साथ लिएका छन । परम्परागत संस्कृति जोगाउने अभियानमा लागेकाको हुनाले उनि प्रचारमा आउन चाहँदैनन । सोरठी नाच मगर र गुरुङ समुदायमा गाउने र नाच्ने चलन । आफुले नाच्ने र गाउने गित नयाँ पुस्तालाई सिकाए मात्र यसको सरक्षण हुन्छ भन्ने भाव लिएका छन ।
कला संस्कृतिको संरक्षणकर्ता भुजेल
सोरठी नाचका ‘गुरुबा’ नै हुन् भुजेल । रोधी बस्दा आफ्नै संस्कारमा रमाउन सोरठी नाच परापुर्वकाल देखी नाचिने गरिएको छ । सोरठीमा किशोरकिशोरी देखि युवा पुस्ता र केही पाका व्यक्तिहरुपनी नाच्ने र गाउँने गर्दछन । भुजेलले सवैलाई समान व्यवहार गर्दछन । बोलिबचनमा पनि निकै आत्मियता छ उनीमा । १२ वर्षको उमेरमा पहिलो पटक सोरठी नाचेका भुजेल बाबुबाजेले सिकाएको नाचमा सबै प्रक्रिया पुर्याएर नाच्नका लागी पाँच वर्ष लाग्यो । ६० वर्ष सम्म लगातार आफ्नो कला संस्कृतिको संरक्षणकर्ताको रूपमा भुजेल खटिरहेका छन ।
परम्परागत कलाको सीप हस्तान्तरण भएन संस्कृतिनै लोप हुने चिन्ता
समाजमा पुरानो संस्कृतिलाई भुलेर युवा पुस्ताले पश्चिमा संस्कृतिमा रमाएको देख्दा आफुलाई दःखु लाग्ने उनले बताए । अहिलेका युुवाहरु हाम्रो सस्कृति प्रति चासो राख्दैनन भुजेलले भने, हिन्दी र अंग्रेजी गीत बजाएर नाच्ने युवालाई नेपाली संस्कृतिको जगेर्नामा जुट्न आग्रह गर्दछु हामी हाम्रो संस्कार भुल्यौं भने कसैले पनि सम्मान गर्दैन, विदेशी संस्कृतिप्रति आकर्षित हुँदा चिन्ताको विषय बनेको बताउँछन । संस्कृति संरक्षणका लागी विद्यालय तह देखीनै परम्परागत कलाको सीप हस्तान्तरण भएन भने गाउँका लोक संस्कृति लोप हुने अवस्थामा आउँछकी भन्ने चिन्ता लागेको भुजेल बताउँछन ।
सोरठी नाच संरक्षण गर्न मञ्चको गठन
स्थानिय सोरठी नाच संरक्षण गर्न र युवा पुस्तालाई समेटनका लागी गाउँपालिका स्तरीय कला संस्कृति संरक्षण मञ्च गठन गरिएको छ । २२ जना संगठित भएर दोहोरीगित, सोरठी, सालैजो र अन्य परम्परागत संस्कृतिलाई जगेर्ना गर्न लागिएको मञ्चका संयोजक निमबहादुर भुजेलले बताए । अहिले युवाहरु पनि चाडपर्व मेलापात र उत्सवहरुमा उक्त नाच देखाउने गर्दछन । सोरठी संरक्षण्मा सहज होस भन्ने उद्देश्यले मञ्चले दुर्गाबहादुर भुजेलकै स्वरमा सोरठी गित रेर्कड गरेको छ । दोहोरीगीत, सोरठी र गाएको उनको नाममा एउटा एल्बम नै तयार पारेको छ । त्यसमा पुरुषमा भुजेल र महिलातर्फ झरना भुजेल र जबुना श्रीषले स्वर दिएका छन ।
नाच देखाए बापत दर्शक बाट कहिलै सहयोग लिँदैनन्
संरक्षण मञ्चले आफ्नै प्रकारको पोषाकको व्यवस्थापन गरेको छ । उनीहरूले नाच देखाए बापत कहिलै पनि दर्शकबाट चन्दा र दान माग्दैनन् । ‘हामीलाई चन्दा र दान चाहिँदैन, संस्कृति संरक्षण गर्ने हिम्मत चाहिएको छ,’ संयोजक निमबहादुरले भने, राज्य तहबाटै केही सहयोग भए हामीले राम्रो व्यवस्थापन गर्ने थियौं । ‘सुरुवातको टुक्का नै पैसा माग्न आएको होइन भनेर गितमा गाउन गरिन्छ ’ सोरठी नाच्दा र गाउँदा आसपासका देवी देवतालाई जगाउने र सम्झने काम गरिन्छ ।
गितको माध्ययमबाट आर्शिबाद दिईन्छ
बाजा पूजा गरेर पहिलो चरणमा चारदेखि सातवटा टुक्कासम्मका गित गाईन्छ । कसैलाई पनि दुस्ख कष्ट नपरोस, कुनै अकिाल र खडेरी कसैलाई पनि नलागोर भनेर गितको सुरुवात गरिने संयोजकले भुजेलले बताए । गितमा कसैलाई पनि भिख मागेर खान नपरोस काम गरेर, बाँडेरै खान पुगोस् भनेर आशिष दिने र कामना गर्ने यो संस्कार भएको उनले बताए । धेरै ठाउँको रूप हेर्ने, धेरै साथी बनाउने र संस्कृतिको संरक्षण गर्ने भन्ने सन्देश पनि गीतमा दिने गरेका निमबहादुर बताउँछन । सोरठी गितमा गाउँघरको खबर, दुस्ख, पीर, समस्या र चाडपर्वको शुभकामनालाई लयबद्ध रूपमा प्रस्तुत गरिन्छ । पुरुषहरु नै महिला पोषाक लगाएर नाच्ने गरिन्छ ।
सोरठीका नाच्नका लागी ५ जना भए पनि समुहमा कम्तीमा १२ जनाको चाहिन्छ । गाउने, नाच्ने, बजाउनेको आवश्यकता परेकाले उपस्थिति अनुसार धेरैजना पनि समावेश हुने संयोजक भुजेलले बताए । मादलकै तालबाट गुरुबाले गीतमा निर्देशन गर्नुहुन्छ । उनले भने गुरुबा आफैं पनि नाच्दै मादल बजाउन थालेपछि हामी पनि सँगै गाउने नाच्ने गर्दछौं । गुरुबाको ताल सँगै पुरुषहरु नै महिला पोषाक लगाएर नाच्ने गर्दछन । गीत गाउनका लागि महिला र पुरुष दुवै समूह हुन्छन । लोक साहित्यको कथावस्तु, कुलदेवताको आराधना र कुनै काव्यकृतिले उठान गरेका विषय पहिल्याएर सोरठीमा नाच्ने गरिन्छ । सोरठी नाच जिल्लाको काँडेबास, मल्म, तारखोला, पाण्वखानी लगायतको क्षेत्रका मगर समुदायमा नाच्ने गरिन्छ ।