arrow

‘बहुमत र विवेकको द्वन्द्वमा विवेकको जित, सरकारले ऐतिहासिक पाठ सिकोस्’

logo
प्रकाशित २०७५ साउन ११ शुक्रबार
bishwoprakash-sharma-hamrakura2.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसले शिक्षण अस्पतालका डक्टर गोविन्द केसीसँग सरकारको सम्झौता बहुमत र विवेकको द्वन्द्व रहेको बताएको छ । शुक्रबार अपरान्ह चार बजे कांग्रेसको पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमा कांग्रेसले सरकारलाई यसबाट ऐतिहासिक पाठ सिक्नका लागि पनि सुझाव दिएको छ ।

डा. केसीको लामो अनशन, संसदमा नेपाली कांग्रेसको शसक्त प्रस्तुति र सडकमा हज्जारौंको प्रदर्शनले यो सम्झौताको लागि सरकार बाध्य भएको सम्मेलनमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले सो सहमतिको नेपाली कांग्रेसले स्वागत गर्ने भन्दै यसले नेपालको चिकित्सा शिक्षामा सुधार र अग्रगतिका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

सो सम्झौता सरकारले इमान्दारिताका साथमा कार्यान्वयन गर्ने कांग्रेसको विश्वास छ । उसले सोही विश्वासको आधारमा विरोधको सूचना संसदबाट फिर्ता लिएको बताइएको छ । यसअघि शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले डा. केसीको माग पूरा गर्दै ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश ०७४’ जारी गरेकोमा कार्यदलको निस्कर्ष र अध्यादेशको मूल मर्म विपरित वर्तमान सरकारले संसदमा विधेयक ल्याएका कारण नै बितेको एक महिनाभरी मुलुकमा द्वन्द्व चर्किएको कांग्रेसको निष्कर्ष छ ।

नेपाली कांग्रेसले सरकारमा हुँदा जारी गरेको अध्यादेशको मुल मर्म विपरितको विधेयक आउँदा संसददेखि सडकसम्म दबाब दिएर उभिनु प्रमुख प्रतिपक्षका रुपमा हाम्रो कर्तव्य रहेकोमा कांग्रेसले आफ्नो भूमिका राम्रोसँग निभाएको प्रवक्ता शर्माले बताए ।
 
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केसीको समर्थनमा प्रदर्शनको क्रममा पक्राउ गरिएका विद्यार्थी नेताहरुलाई विना शर्त तत्काल रिहाई गर्न नेपाल सरकारसँग माग गरे । उनले यो प्रदर्शनको क्रममा सरकारले शक्तिको दुरुपयोग गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ