arrow

जंगली च्याउ खाँदा मनोज पुन श्रीसको मृत्यु, लिल बहादुर विरामी

logo
नारायण रिजाल।
प्रकाशित २०७५ साउन ११ शुक्रबार
Death-body-nepali-simbol.jpg.jpeg

बागलुङ। जिल्लाको पश्चिम तमानखोला गाउँपालिकामा शुक्रबार जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना बिरामी परेका छन् ।

गाउँपालिकाको मुढाचौर लेकमा रहेको भैसीगोठमा बसी जंगली च्याउ खाँदा दुवै जना विरामी भएका थिए । विरामी परेपछि तमानखोला गाउँपालिका–२ भएरबुढाका २८ बर्षिय मनोज पुन श्रीषको गोठमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विश्वराजसिंह थापाले जानकारी दिए।  त्यसैगरी सोही गाउँपालिका–८ का २९ बर्षिय लिलबहादुर पुन विरामी परेका छन्। 

बिषालु च्याउ खाएर बिरामी भएका पुनलाई उपचारको लागि हेलिकप्टरबाट लैजान खोजेपनि मौसम प्रतिकुलताको कारण हेलिकप्टर अवतरण गर्न नसकेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए। पुनको बुर्तिबाङको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराइरहेको र अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ। 

जंगलमा च्याउ खोजेर दुवै जनाले सोही ठाउँमा पोलेर खाए पछि दिउँसो २ बजेतिर घटना घटेको थाहा भएको अध्यक्ष बुढाले बताए।  च्याउ खाएपछि दुबै जना बेहोस भएको र होसमा आउँदा आफुसँगै गएको साथीको मृत्यु भएको अवस्थामा पाएको पुनले बताएका थिए।

विरामी पुनले श्रीसको मृत्यु भएको खबर गरेपछि मात्रै घटनाको जानकारी भएको अध्यक्ष बुढाले बताए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ