arrow

खोलामा बगाएर काठको तस्करी                                          

logo
सीता डोटेल,
प्रकाशित २०७५ साउन ११ शुक्रबार
taskari-ko-kath-n.png

पाल्पा । खोलाको पानीमा तैराएर तस्कर गर्न लागेको काठ रामपुरमा प्रहरीले बरामद गरेको छ। रामपुर नगरपालिका वार्ड नं ३ रजघरास्थित निस्दी खोलाको बगर किनारमा शुक्रबार बेलुकी अबैध रुपमा राखिएको टुनीको चिरान काठ बरामद गरिएको हो।

खोलाको बहावसँगै बगाउँदै तस्करी गर्दै काठ लैजान लागेको सूचनाको आधारमा प्रहरी चौकी केलादी र ईलाका प्रहरी कार्यालय रामपुरको प्रहरी टोलीले १८ थान चिरान काठ बेबारिसे अबस्थामा खोला किनार र खोलामा बहावसँगै तैरिरहेको अबस्थामा फेला पारी संकलन लिएको हो।

संकलित काठ ईलाका बन कार्यालयमा बुझाएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताए।

काठ तस्करीमा संलग्न व्यक्ति एकिन नभएकोले खोजी तथा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ