arrow

नुवाकोट बन्दको कार्यक्रम फिर्ता लियो काँग्रेसले

logo
प्रकाशित २०७५ साउन १२ शनिबार
jagadish-narsingh-kc.jpg.jpeg

नुवाकोट। नेपाली काँग्रेस नुवाकोटले आह्वान गरेको शनिवारको नुवाकोट बन्द फिर्ता लिएको छ। काँग्रेस विदुर नगर समिति र नेपाली काँग्रेसका भातृ संस्थाहरुको संयुक्त आयोजनामा विदुर नगरपालिकाद्वारा विभिन्न शीर्षकमा लगाइएको कर प्रणालीको विरोधमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप र धरपकडको विरोधमा नेपाली काँग्रसले शनिवार नुवाकोट वन्दको आह्वान गरेको थियो।

प्रहरीले बिहिवार नुवाकोटमा नेविसंघका नेता कार्यकर्ताहरु पक्राउ गरेको र काँग्रेसका नेता कार्यकर्ताहरुलाई घाइते बनाएको विरोधमा नुवाकोट काँग्रेसले बन्दको आह्वान गरेको थियो। 

प्रहरीले सो प्रदर्शनबाटै गिरफ्तार गरेका नेबिसंघका नेताहरु नवराज सुवेदी, उत्सव श्रेष्ठ, निरज चित्रकारलाई शुक्रवार राती नै रिहा गरेपछि काँग्रेसले शनिवार आह्वान गरेको बन्द फिर्ता लिएको नुवाकोट काँग्रेस सभापति जगदिशनरसिंह केसीले बताए। 

विदुर नगरपालिकाका मेयर र उपमेयरको आदेशमा डिएसपीको कमाण्डमा खटिएको प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले विहिवार नगरपालिकाको गेटमा शान्तिपूर्ण जुलुशमाथि अन्धाधुन्ध लाठीचार्ज गरि नेपाली काँग्रेस नुवाकोट जिल्लाका निवर्तमान सभापति ध्रुव अधिकारी, जिल्ला प्रवक्ता राजु थापा, सदस्य धनसिंह तामाङ्ग, क्षेत्रीय सभापति जगतबहादुर तामाङ्ग, नेपाल तरुण दल जिल्ला सचिव सुमन गिरी, नेपाल ट्रेड यूनियन काँग्रेस जिल्ला सदस्य सुनिल श्रेष्ठ, नेपाल तरुण दल जिल्ला सदस्य जगन्नाथ नेपाल घाइते बनाएको थियो भने नेबिसंघका नेताहरु नवराज सुवेदी, उत्सव श्रेष्ठ, निरज चित्रकारलाई गिरफ्तार गरेपछि स्थानिय काँग्रेस आक्रोशित भएको थियो। 

नुवाकोट काँग्रसले साउन १२ गते नुवाकोट वन्दको कार्यक्रम फिर्ता लिएपनि नेपाली काँग्रेस केन्द्रले आह्य्वान गरेको साउन १५को विरोध कार्यक्रम यथावत रहेको सभापति केसीले बताए। 

Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ