arrow

इमरान खान उदाएपछि फेरि चुनाव गराउन शरीफको दलसहित एक दर्जनबढीको माग   

खानले बनाए ११६ रन, २१ जरुरी  

logo
प्रकाशित २०७५ साउन १२ शनिबार
pakistan-election-birodhi.jpg

काठमाडौं । पाकिस्तानमा गत बुधबार भएको  निर्वाचनमा पूर्व क्रिकेटर इमरान खानको पार्टी तहरिक–ए–इन्साफ (पीटीआई) सबैभन्दा ठूलो पार्टी भएपछि पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले नतिजा बहिस्कार गर्दै फेरि चुनाव गर्न माग गरेको छ । 

पीएमएल–एनले चुनावमा धाँधली भएको भन्दै नतिजा अस्वीकार गरेको जनाएको छ । शुक्रबार इस्लामाबादमा भएको बैठकमा पीएमएल–एनका प्रतिनिधिहरुसमेत सहभागी थिए । बैठकमा सहभागी एक नेताले नयाँ शीराबाट पुनः चुनाव हुनुपर्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।  

बैठकपछि नवाज शरीफका भाइ शाहबाज शरीफले आफ्नो पार्टीले संसद बहिष्कार गर्ने फैसला भने गरिनसकेको बताए। यसभन्दा पहिले नवाज शरीफको पार्टीले चुनावी नतिजा स्वीकार गर्दै आफू विपक्षमा बस्ने जनाएको थियो । 

त्यस्तै मुत्ताहिदा मजलिस–ए–अमल (एमएमए) का नेता मौलाना फजलुर रहमानले बैठकपछिको पत्रकार सम्मेलनमा फेरि चुनाव हुनुपर्ने माग राखे । 

चुनावी परिणामपछिको संयुक्त रणनीति बनाउनका लागि बोलाइएको बैठकमा एक दर्जन भन्दा बढी राजनीतिक दलको सहभागिता रहेको थियो । चुनावमा तेस्रो स्थान हात पारेको पाकिस्तान पिपल्स पार्टी भने बैठकमा सहभागी थिएन । 

चुनावमा पीटीआई सबैभन्दा ठूलो दलका रुपमा उदाएको छ भने शरीफको पार्टी दोस्रो भएको छ । पाकिस्तानमा सरकार बनाउनका लागि १३७ सिट आवश्यक पर्दछ । इमरान खानको पार्टीले ११६ सिटमा जित हात पारेको छ । उसलाई अब सरकार बनाउन २१ सिटको जरुरी छ । 

त्यस्तै भ्रष्टाचार मुद्धामा जेल सजाय भोगिरहेका पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टी पीएमएल–एन ले ६४ सिट हात पारेको छ । 

आउँदो पाँच वर्षका लागि पीएमएल–एन विपक्षमा बस्ने लगभग तय भएको छ । त्यस्तै बिलावल भुट्टोको पार्टी पाकिस्तान पिपल्स पार्टीले ४३ सिटमा जित हात पारेको छ । प्रत्यक्ष निर्वाचित हुने २७२ सिटमध्ये अन्यमा भने स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् ।

पीपीपी र इमरान खानको पार्टी मिलेर सरकार बनाउने प्रबल सम्भावना रहेको बताइएको छ । 

Supporters of Imran Khan celebrate in Karachi on July 27, 2018

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ