arrow

विद्यार्थीलाई तीन महिने सैन्य तालिम 

logo
रमित बिक 
प्रकाशित २०७५ साउन १२ शनिबार
sainya-talim-students.jpg

बाजुरा । मार्तडीमा विद्यार्थीका लागि तीन महिने सैन्य तालिम सञ्चालन गरिएको छ । आत्म सुरक्षा र राष्ट्र सेवाका लागि योग्य नागरिक तयार पार्न नेपाली सेनाले सैन्य तालिम सञ्चालन गरेको हो । मार्तडीमा यो तालिम सञ्चालन भएको दोस्रो पटक हो ।

तालिममा मार्तडीमा रहेका चारवटा विद्यालयका ७२ जना विद्यार्थी सहभागि छन् । सदरमुकाम मार्तडी थापाथली स्थित समरजित गुल्मले सहजिकरण गर्ने गरी सञ्चालन गरिएको छ । राष्ट्रिय सेवा दल (एनसीसी) नामक तालिमबाट अनुशासित, वफादार र नेतृत्व बारे जानकारी गराईने भएको छ । 

तालिम देशभक्त स्वयम् सेवक जनशक्ति एवं सक्षम नागरिक तयार पार्ने उदेश्यले सञ्चालन गरिएको समरजित गुल्मले बताएको छ । कक्षा ८ र ९ मा अध्ययनरत ७२ जना विद्यार्थीहरुलाई तीन महिनासम्म सँगै राखेर देश निर्माण, राष्ट्र सेवा र सुरक्षाका लागि नागरिक तयार पार्नु तालिमको उद्देश्य रहेको गुल्मपति विष्णु सापकोटाले बताए ।  

पहिलो पटककै तालिमबाट राष्ट्रिय सेवा दल दलमा छनोट हुन सफल मालिका माविबाट ३६, क्रेटर जोन एकेडेमीबाट १२, कन्भर्र्स एकेडेमीबाट १२ र बडीमालिका बोर्डिङ स्कुलबाट १२ जना गरी ७२ जना तालिममा समावेश गरिएको छ ।  

तालिम अवधीभर शारिरिक तालिम, ड्रिल, सैनिक कला, विपत व्यवस्थापनका विषयबारे जानकारी दिईने छ । वि।सं। २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले स्थापनाकालदेखि नै राष्ट्रिय अनुशासन, नेतृत्व, भातृत्व, राष्ट्रिय एकताको भावना, आत्म विश्वास एवं निस्वार्थ सेवाभाव रहेको र युवा जनशक्तिको विकास गर्ने उदेश्यले नेपाली सेनाको सहकार्यमा प्रशिक्षण दिदै आएको नेपाली सेनाले बताएको छ । 

राष्ट्रिय सेवा दल (एनसीसी) नेपालले सञ्चालन गरेको ४५ औं व्याचको तालिमको समरजित गुल्मले सुभारम्भ गरेको हो । पढाईलाई प्रभाव नपार्ने गरी विद्यालयको सिफारिस र अभिभावकको अनुमति प्राप्त विद्यार्थीलाई मात्र तालिम दिने गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले जिल्लामा विपद व्यवस्थापन र  जोखिम न्यनिकरण गर्न योग्य र तालिम प्राप्त जनशक्तिले ठुलो भुमिका खेल्ने विश्वास लिएका छन् । 

बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले यस तालिमबाट यसै जिल्लाका बालबालिकाको भविष्य उज्ज्वल हुने भएकाले ईमानदारी पुर्वक अनुसासीत भएर तालिम सिक्न विद्यार्थीहरूलाई अनुरोध गरेका छन् ।

कार्यक्रममा मालिका माविका प्राचार्य शुभराज पाध्यायले यो राष्ट्रिय सेवा दल (एनसीसी) तालिमले विद्यालयका युवा वर्गमा व्यक्तित्व विकास र शारीरिक अभिवृद्धि हुने र  विद्यार्थीहरूको निकट भविष्यमा ठुलो सहयोग पुग्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ