arrow

काठमाडौं महानगरका जनप्रतिनिधिको तलब १२ करोड, सल्लाहकारलाई ६० लाख

logo
प्रकाशित २०७५ साउन १२ शनिबार
kathmandu-metro-final-final.jpeg

 काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक बर्षमा सल्लाहकारलाई तलब र पारिश्रमिक वापत ६० लाख रुपैंयाँ बजेट विनियोजन गरेको छ । बिकास निर्माणको कामलाई थाँती राखेर कापमाले सल्लाहकारलाई मात्रै यतिधेरै रकम विनियोजन गरेको हो ।

कामपाले गुरुयोजना तर्जुमा गर्न ११ विज्ञ नियुक्ती गरेको छ । कामपाले शहरी योजना आयोजनाअन्तर्गत सल्लाहकार नियुक्ती गरेको हो ।
त्यस्तै ५ जना कानुनी सल्लाहकारलाई समेत पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।

अन्य विभिन्न कामका लागि कामपाले विज्ञ र सल्लाहकार नियुक्ती गर्दै पारिश्रमिक उपलब्ध गराउँदै आएको छ । कामपाले सार्वजनिक गरेको बजेटमा यसबर्ष जनप्रतिनिधिको तलब शीर्षकमा झन्डै १२ करोड रुपैंयाँ विनियोजन गरेको छ ।

उनीहरुको सुविधाका लागि ९ करोड ३६ लाख रुपैंयाँ विनियोजन गरेको हो । सुविधा अन्तर्गत टेलिफोन, उपचार खर्च, पोशाक, दुर्घटना विमा र खाजाखर्च रहेका छन् । (नेपाल समाचारपत्र दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ