arrow

भारत र चीनबीच सीमा क्षेत्रलाई शान्त बनाउने पुनः प्रतिवद्धता

logo
प्रकाशित २०७५ साउन १२ शनिबार
BRICS-SUMMIT-2018-SA.JPG

जोहानेसवर्ग, दक्षिण अफ्रिका। भारत र चीनले आफ्ना सीमा क्षेत्रलाई शान्त राख्ने बिषयमा पुनः प्रतिवद्धता जनाएका भारतीय विदेश सचिव विजय गोखालेले बताएका छन्।

विश्वका उदाउँदो अर्थतन्त्र भएका पाँच मुलकहरूको संगठन (ब्रिक्स) सम्मेलनको शिलशिलामा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपतिको भेटवार्ताबारे जानकारी गराउँदै भारतीय विदेश सचिवले भने,“ भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले सीमा क्षेत्रमा शान्ति र अमनचैन कायम राख्न आवश्यक पर्ने निर्देशन दिन दुवै देशका सैनिक नेतृत्वलाई निरन्तर सल्लाह दिने पुनः प्रतिवद्धता जानाए।”

यसबाहेक भारतीय प्रतिनिधिमण्डलले व्यापार र निर्यात प्रवद्र्धनका लागि यही अगष्ट १ र २ मा चीनको भ्रमण गर्ने पनि गोखालेले बताए।

“भारतीय प्रधानमन्त्री मोदीले यस पहिले चिनियाँ राष्ट्रपतिसँगको भेटमा खासगरी भारतीय कृषिजन्य उत्पादनको चीनमा निर्यात बढाउने सम्बन्धमा महत्वपूर्ण कुराकानी भएको र यसै सन्दर्भमा भारतीय प्रतिनिधिमण्डलले चीनको भ्रमण गर्न लागेको हो,” विदेश सचिव गोखालेले भने।

गत अप्रिलमा भएको चीनको उहानमा भएको सम्मेलनका क्रममा भएका सहमतिलाई कार्यान्वयनमा लान पनि दुई नेता आ–आफ्नो ठाउँबाट लागिपर्ने प्रतिवद्धता जनाएका छन्।

उनीहरुले जनता–जनताबीचको सम्वन्ध विस्तार गर्न विशेष संयन्त्रलाई विकास गरेर अघि बढ्ने पनि जनाउनु भएको थियो। दुई नेताबीच यही नोभेम्बरमा अर्जेन्टिनामा हुने जि–२० सम्मेलनमा पुनः भेट हुने र आपसी हितका सम्बन्धमा थप कुराकानी हुने पनि उनले बताए। एएनआई 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ