arrow

१३ वर्षे बालिकाका हत्यारालाई मेयर र प्रहरीले जोगाउन खोजेको महिला नेतृहरुको आरोप 

प्रधानमन्त्रीज्यू थाहा पाउनुभयो न्याय माग्न जाँदा प्रहरीले उल्टै दमन गरेको?

logo
प्रकाशित २०७५ साउन १२ शनिबार
mahila-hatya-birodh.jpg

काठमाडौँ। कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा न २ की १३ बर्षिया बालिका निर्मला पन्तलाई बलात्कार गरी हत्या भएको घटनाको महिला नेतृहरुले कडा विरोध गरेका छन्। उनीहरुले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न स्थानीय मेयर सुरेन्द्र बिष्ट र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञान बहादुर सेठीले आनाकानी गरिहेको आरोप लगाउँदै आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन् ।

बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएको अबस्थामा निर्मलाको शव भेटिएपनि अहिलेसम्म खोजी कार्य सन्तोषजनक तरिकाले अगाडि बढ्न नसकेको महिला संघकी पुर्व अध्यक्ष तथा काँग्रेस सांसद डा डिला संग्रौलाले बताइन् । 

दोषीलाई कारबाही र पिडितलाई राहत दिलाउन सरोकारवालाहरुलाई दवाव दिन पनि उनले सवैलाई आह्वान गरिन्। नेतृ संग्रौलाले भनिन्, “प्रहरीले अहिलेसम्म पनि अपराधिलाई पक्रन सकेको छैन, अपराधीलाई तुरुन्तै कारबाहीको लागि सरकारसंग माग गर्दछु ।” 

गत बिहीबार दिउँसो साथी रोशनी बमको घरबाट होमवर्क गरेर फर्किरहेकी उनी शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । 

स्थानीय सरस्वती मावि कक्षा ९ मा अध्ययनरत बालिका पन्त होमवर्क गर्नका लागि भगतपुरस्थित साथीको घर गएकी थिइन् । 

उखुबारीमा निर्मलाको शव अर्धनग्न अवस्थामा फेला परेकाले उनलाई सामुहिक बलात्कार गरेर हत्या गरेको स्थानीयको दाबी छ । उनलाई निम्बुखेडा खोलापारी उखुवारीमा बलात्कारपछि घाँटी च्यापेर हत्या गरेको आशंका गरिएको छ । 

साँझसम्म समेत खोजतलास गर्दा नभेटिएपछि रातिको समयमा परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले राति खोजतलास गर्न नमानेको परिवारको आरोप छ ।

घटनापछि स्थानीयवासीहरु आक्रोशित भएका छन् । उनीहरुले दिनप्रतिदिन अपराध बढ्दै गएपनि प्रहरी प्रशासनले ध्यान दिन नसकेको बताएका छन् । निर्वाध रुपमा सत्यतथ्य छानबिन होस् र पीडितले न्याय पाउन, अपराधी पत्ता लगाई हदैसम्मको कानुनी कार्वाही एवं सामाजिक बहिस्कार गर्न अनुरोध गरेका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा पीडित किशोरीका हत्यारालाई कार्वाहीको माग गर्दै महिलाहरुले गरेको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेर प्रर्दशनमा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञान बहादुर सेठीले पिडितहरुसँग दुर्व्यवहार गरेको पिडितहरुको आरोप छ। प्रहरीले बिहिबार बेलुकी बालिकाका आफन्तसंग "भोलि खोजौला" भन्दै गैरजिम्मेवार ढंगले प्रस्तुत भएको आफन्तको गुनासो छ।

Image may contain: 13 people, crowd and outdoor

Image may contain: one or more people, fire and outdoor

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ