arrow

ज्यानमारा ट्रकले छाडेन, आमाछोरालाई ठक्कर दियो

वृद्ध र अपाङग भत्ता लिन गएका थिए आमा छोरा, छोराको गयो ज्यान

logo
प्रकाशित २०७५ साउन १२ शनिबार
accident-final.jpeg

काठमाडौं । ज्यानमारा ट्रकले अहिले देशलाई नै आतंकित बनाएको छ । काठमाडौं उपत्यकामा रातमा मात्र चलाउन पाउने ट्रकले यता मान्छे मार्दा मोफसलमा पनि उत्तिकै आतंक मच्याएको छ ।

शुक्रबार कपिलवस्तुको वाणगंगा नगरपालिकामा ट्रकको ठक्करबाट साईकलमा सवार एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

ट्रकले साईकललाई ठक्कर दिदा ४१ वर्षिय राजेश रानाको मृत्यु हुँदा उनकी आमा ६० वर्षीया लक्ष्मी राना घाइते भएकी छिन् । 

लु २ ख ८५९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको साईकललाई ठक्कर दिएको हो ।

छोराको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटामा मृत्यु भएको हो । आमाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको छ । 

आमा छोरा दुबैजना वृद्धा र अपाङग भत्ता लिन वडा कार्यालयमा जाँदै गर्दा ट्रकले ठक्कर दिएको प्रहरीले बताइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ