arrow

हाडनाता करणी गरेको आरोपमा पाँचथरमा एकजना यूवा पक्राउ

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ साउन १२ शनिबार

पाँचथर ।  हाडनाता करणी गरेको आरोपमा जिल्लाको फालेलुङ–६ का एकजनालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । २७ वर्षीय आफन्त  महीलालाई जबरजस्ति करणी गरेको आरोपमा ३३ वर्षीय नातेदार पक्राउ परेका हुन ।

पिडित आफन्त महिलाले आरोपितले साउन ३ गते बलात्कार गरेको प्रहरीमा उजुरि दिएको थियो । पिडित महीलाको उजुरीको आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।

महीलाको जिल्ला अस्पताल पाँचथरमा स्वास्थ्य परिक्षण गरिएको छ । पिडित र आरोपित नाताभित्र पर्ने भएकोले दुवै पक्षको विवरण गोप्य राखिएको छ । पक्राउ परेका माथि जबरजस्ति करणी अन्तर्गत मुद्धा दायर गरि अनुसन्धानको काम भईरहेको प्रहरी निरिक्षक विष्णु खड्काले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ