arrow

टिपरको ठक्करबाट सहचालकको मृत्यु

logo
प्रकाशित २०७५ साउन १२ शनिबार
tiper1.jpg

मलेखु, धादिङ। धादिङबेंसी सल्यानटार सडकअन्तर्गत नीलकण्ठ नगरपालिका वडा नं १० टारीबेंसीमा आज एउटा टिपर पछाडि हटाउन लाग्दा सहचालकको किचेर मृत्यु भएको छ।

बा४ख ९९१६ नंको खाली टिपर पछाडि हटाउँदा सोही टिपरका सहचालक ज्वालामुखी गाउँपालिका वडा नं ७ निवासी १९ वर्षीय अतित अधिकारीको मृत्यु भएको हो। गाडीको ठक्करबाट घाइते अधिकारीको उपचारका लागि लाँदालाँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ