arrow

आठौँ विश्व बाघ दिवस : नेपाल सरकार बाघकाे संख्या सार्वजनिक गर्न डराउदै

logo
प्रकाशित २०७५ साउन १३ आइतबार

काठमाडाैं । बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउन अाइतबार (आज) आठौँ विश्व बाघ दिवस मनाईँदै छ । यो वर्ष नेपालले ‘सम्वृद्धिका लागि बाघ’ नाराका साथ विश्व बाघ दिवस मनाइरहेकाे छ ।   सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले बाघ दिवस मनाउने घोषणा गरेको थियो ।

पिटर्सबर्ग मञ्च विश्वको पहिलो बाघ सम्मेलन थियो । रुसका तत्कालीन प्रधानमन्त्री (अहिलेकाे राष्ट्रपति) भ्लादिमिर पुटिन र विश्व बैंकका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रमको थालनी गरिएको हो । त्यस यता हरेक वर्ष जुलाई २९ का दिन अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो । 

बाघको संरक्षका लागि उनीहरुको बासस्थलको संरक्षण, संख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, संरक्षणका मुद्दाहरुको उठान तथा बाघ संरक्षणमा भएका प्रयासहरुको सराहना र प्रोत्साहन गरी यो दिवस मनाउने गरिन्छ । 
 
२० औँ शताब्दीको पूर्वाद्धमा बाघको जनसंख्या एक लाख रहेकोमा यो संख्यामा ९०५ प्रतिशत ह्रास आई अहिले ३ हजार २०० मा झरेको तथ्यांक छ । बाघको संख्या घट्नुको मूल कारणका रुपमा,, जंगल फँडानी, जलवायु परिवर्तन, गैरकानुनी शिकारलाई लिईएको छ ।  

यो प्रवृत्ति रोक्न भन्दै १३ मुलुक मिलेर सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने महत्वकांक्षी लक्ष्य लिएर विभिन्न पशुपन्छी संरक्षणार्थ संस्थाहरुको सहयोगमा अघि बढिरहेका छन् । भारत, नेपाल, भुटान, बंगलादेश, कम्बोडिया, चीन, लाओस, म्यानमार, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारेको आठ वर्ष पुुगेको छ । 

नेपालमा २ सय ३२ भन्दा केही बढी बाघ रहेको सरकारी तथ्याङ्क छ । तर, पछिल्लो समय बाघको गणना गरेर तथ्याङ्क तयार भएपनि चितवनमा संख्या घटेका कारण सरकार बाघको संख्या सार्वजनिक गर्न डराएको छ । वन मन्त्रालय राष्ट्रिय निकुञ्जकाे प्रतिवेदन लुकाइरहेकाे बताइँदै छ ।

यद्यपि, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले चितवनमा बाघको संख्या घटेको भन्ने कुरा हावादारी भएको र यो निकै प्राविधिक विषय भएकाले संख्या सार्वजनिक ढिलाई भएको विषयलाई अन्यथा भन्न नमिल्ले हाम्राकुरालाइ बताए । उनले ठाउँ–ठाउँमा जोडिएको प्रविधिले खिचेका तस्वीरहरुको विश्लेषण गर्न समय लाग्ने पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ