arrow

क्यालिफोर्नियामा भिषण डढेलो, दुई बालिकासहित पाँच जनाको मृत्यु

logo
प्रकाशित २०७५ साउन १३ आइतबार
fire.jpg

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित उत्तरी क्षेत्रको जंगलमा भिषण डढेलो फैलिएको छ । डढेलोमा परेर दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ ।

१० वर्षयताकै ठूलो डढेलोमा परी ज्यान गुमाउनेमा एक महिला र दुई अग्नी नियन्त्रक रहेका छन् । डढेलोमा परेर १७ जना बेपत्ता भएका छन् ।

आगलागीबाट पाँच सय घर ध्वस्त भएका छन् भने हजारौं मानिस घरबार छाडेर हिँडेका छन् । 

गत सोमबार जंगल नजिक गुडिरहेको एउटा कारमा आगो लागेपछि जंगलमा डढेलो सल्किएको हो । हालसम्म ४० प्रतिशत मात्रै आगो नियन्त्रणमा आएको जनाइएको छ । 

आगो नियन्त्रणका लागि ३ हजार भन्दा बढी अग्नीनियन्त्रक खटिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ