तीन दिन वर्षाः ‘सतर्कता अपनाऔं बढी नै खतरा भने छैन’
प्रकाशित २०७५ साउन १३ आइतबार
154
Shares
काठमाडौं । आइतबारदेखि तीन दिन मुलुकभर वर्षा हुनेछ । मौसम पूर्वानुमान महाशाखाले वर्षा हुने जनाउँदै देशका ठूला नदीहरुमा बहाब बढ्ने–घट्ने भइराख्ने जनाएको छ ।
खतराको तह भने पार नहुने भन्दै बाढी पूर्वानुमान शाखाले आश्वस्त पार्न खोजेको छ ।
पहाडी क्षेत्रहरुका थोरै स्थानमा क्षणिक भारी वर्षा हुने संभावनाका कारण वर्षा भैराख्दा स–साना खोलाहरुमा आकस्मिक बाढीदेखि भने सतर्क रहन आग्रह गरेको छ ।
यो सम्भावना सोमबार र मंगलबार पनि शाखाले जनाएको छ ।