- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पुनर्वास । कञ्चनपुरको दक्षिणी सिमान्त पुनर्वासमा नेवार समुदायमा बिशेष महत्वको लाखे नाच स्थगित भएको बीस वर्षपछि पुनः सञ्चालनमा ल्याउन शनिबारदेखि अभियान सुरु गरिएको छ । पश्चिम नेपालमा लोप हुँदै गइ रहेको लाखे नाचको जगेर्ना गरि संस्कृति संरक्षण गर्न पुनर्वासमा नेवार समुदायका अगुवाहरुले सक्रियता देखाएका हुन् ।
कञ्चनपुरको पुनर्वासमा कञ्चन नेवाः समाजको सकृयतामा नेवार समुदायको बिशेष संस्कृती लाखे जोगाउन प्रयत्न थालिएको छ । २०५५ सालसम्म नियमित मनाउँदै र देखाउँदै आएको लाखे नृत्य लगभग बन्द भए पछि संस्कृती नै नासिने भए पछि भावी पुस्तालाई संस्कृती र लाखेको मौलिक परम्पराको ज्ञान र महत्व जानकारी गराउन नेवार समुदायका अगुवाहरुले सकृयता देखाएका हुन् ।
नेवार समुदायको संस्कृति संरक्षण गर्न युवा पुस्तालाई लाखे नृत्य प्रशिक्षण समेत सुरु गरिएको छ । कञ्चन नेवाः समाजको आयोजनामा धार्मिक र ऐतिहासिक महत्व बोकेको लाखे नृत्य सिकाउन ७ दिने प्रशिक्षणको आयोजना गरि संस्कृति जोगाउन नेवार समुदायका अगुवाहरुले सकृयता देखाएका छन् ।
शनिवार पुनर्वासको त्रिभुवनबस्तीमा एक कार्यक्रमको आयोजना गरि संस्कृती संरक्षणको अभियानको थालिनी गरिएको छ ।
पुनर्वास नगरपालिकाका प्रमुख जिवनराज थापाको प्रमुख आतिथ्यमा आयोजित लाखे नृत्य प्रशिक्षण कार्यक्रम हरिनारायण श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको थियो ।
सो कार्यक्रमको सञ्चालन कञ्चन नेवाः समाजका सचिब खेमराज श्रेष्ठले गरेका थिए ।