- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बाजुरा । तीन दिनदेखिको लगातारको बर्षाले जिल्लाको जनजीवन त्रसित बनेको छ । भिरालो र पाखो जमिनका बस्तीहरुमा पहिरोको जोखिम बढेको छ । सडक अवरुद्ध हुँदा आवत जावत रोकिएको छ ।
पहिरोकै कारण दर्जनौं बस्तीहरु जोखिममा परेपछि जनजीवन त्रसित बनेको हो । साँफे मार्तडी सडक अन्र्तगत बल्देदेखि मार्तडीसम्मको आवत जावत रोकिएको छ । मार्तडी कोल्टी, मार्तडी, आटीचौर र गौमुल लगायतका क्षेत्रको आवत जावतपनि अवरुद्ध भएको छ ।
वर्षाले ठाउँ ठाउँमा पहिलो गएको र घर माथि बाट पहिलो बग्ने र घर भत्किनेक्रम बढेपछि सर्वसाधारण त्रसित बनेका छन् । बर्षाकै कारण मार्तडी नजिकै पर्ने मालिका मन्दिर आसपासका २ वटा घर भत्किएको र आधा दर्जन बढी उच्च जोखिममा रहेको प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिएका छन् । बोहराका अनुसार गौमुल गाउँपालिका वडा नं ६ शान्तिटोलका प्रेम चदाँरा, मन बहादुर चदाँरा, कर्ण चदाँरा, रगे चदाँरा र डबले चदाँरा र सोही वडाका बीर बहादुर रोकायाका घरहरु भत्किएका छन् ।
मार्तडी बजार क्षेत्र भित्रै बडिमालिका बोडिङ स्कुलको पर्खाल भत्किएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको पूरानो भवन चर्किएरको छ । त्रिवेणी नगरपालिकाको मालाकोटमा १ घर भत्किएको र ७ वटा घर उच्च जोखिममा छन् । ती सबै परिवारले घर छोडिसकेका छन् ।
यस्तै बडिमालिका नगरपालिका–९ उखाडीको सिंगो २० बढी परिवारको बस्ती उच्च जोखिममा परेको छ । खप्तड छेडेदह गाउँपालिका ७ गुम्लागाउँका ४२ परिवारले घर छोडेका छन् ।
यता सोही गाउँपालिका ६ नाइनाका २२ परिवारले पनि राती घरमा सुत्न छोडेको स्थानीय दिपक नाथले बताएका छन् । पहिरोका कारण बडिमालिका नगरपालिका ७ जिल्ली, सिराडी, नगरपालिकाको १ पाटाका सयै परिवार जोखिममा छन् ।
मानवीय क्षति नभएपछि भौतिक रुपमा बाटो, घर, सडक सिँचाई कुलो भत्किएर लाखौको नोक्सानी भएको प्रहरीले बताएको छ । गाई गोरु चरिचरनमा समस्या देखिएको छ । भने पशुपालक किसानलाई घाँसपात गर्न समेत मुस्कील बनेको छ ।
पुराना र जिर्ण बन्दै गएका संरचना भत्किएको र चर्किएको भन्ने खवर आएको प्रहरी नायव उपरीक्षक बोहराको भनाई छ । डोजरको प्रयोग गरिएका सडकमा बढी क्षति भएको पाईएको छ । भत्कीने कार्य पनि ती क्षेत्रमा बढी देखिएको छ ।
कालोपत्रे गरिएको साँफे मार्तडी सडक मार्तडी बजार क्षेत्र नजिकै पूर्ण रुपमा क्षति भएको छ । पहिरोको उच्च जोखिममा रहेका परिवारलाई सचेत भएर बस्न र सतकर्ता अपनाउन प्रहरी प्रशासनले आग्रह गरेको छ ।
मुसलधारे वर्षाका कारण हुन सक्ने क्षतिलाई मध्येनजर गरी सबैले आ आफ्नो क्षेत्रबाट सुरक्षाका लागि तयारी अवस्थामा बस्नु पर्ने सुझाव दिएको छ । यस्तै मार्तडी बजार क्षेत्र भित्र दुनि हाट बजार र खेलकुद आसपास क्षेत्रका घरमा पानी पसेपछि बस्नलाई असहज भएको छ ।